२०५औं भानु जयन्ती मनाइयो,(खसखस सम्वाददाता)
अमेरिकाको नर्थ क्यारोलाइना नेपाली
साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले भानु जयन्ती मनाएको छ ।
समाजले नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना र त्यसमा आवद्ध नेपाली पाठशालासँग मिलेर
भानुभक्त सम्बन्धि बाल वक्तृत्वकला प्रतियोगिता, खुल्ला कविता वाचन, भानुभक्तको
नेपाली योगदान सम्बन्धी प्रवचन गरी जुलाई २१ का दिन २०५औं भानु जयन्ती मनाइएको हो
।
कार्यक्रमको पहिलो चरणमा उमेर समूह
अनुसार बालबालिकाबीच ‘भानुभक्त र नेपाली भाषा’ विषयक
वक्तृत्वकला प्रतियोगिता भएको थियो । यो प्रतियोगितामा केजीदेखि २ कक्षासम्म, ३ देखि
५ कक्षा सम्म, ६ देखि ८ कक्षा सम्म र ९ देखि १२ कक्षा सम्मका
२२ जना प्रतिस्पर्धीहरु सहभागी थिए । पहिलो समूहमा क्रमशस् शाइन लामिछाने, विभुषा
गौतम र प्रिन्स गौतम प्रथम, द्वितीय र तृतीय भएका थिए । यसैगरी दोस्रो समूह
अन्तर्गत क्रमशः निर्विरोध तिमिल्सिना, सेजल घिमिरे र बिभु पोखरेल पहिला, दोस्रा
र तेस्रा भएका थिए ।
त्यसैगरी, तेस्रो
समूह अन्तर्गत समी घिमिरे, मोनिका चौलागाईं र सुहानी ढुङ्गेल क्रमश: प्रथम, द्वितीय
र तृतीय भएका थिए । चौथो समूह अन्तर्गत आयुष्मा शर्मा र सम्पदा आचार्य प्रथम र
द्वितीय भएका थिए । विजयी हुने बालबालिकाहरुलाई कार्यक्रम सभापति मनोज प्रधान, एनसीएनसीका
अध्यक्ष डा. बटु शर्मा, प्रमुख अतिथि डा. नारायण राजभण्डारी र भानुभक्त
भेषधारी विक्रम गौतमले संयुक्तरुपमा पुरस्कार,
पदक र प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा भानुभक्तको
भेषमा आएका विक्रम गौतमले भानुभक्तले विभिन्न समयमा विभिन्न कविताहरु लेखेका थिए
भन्दै केही कविताहरु सुनाएका थिए । उनले भानुका बारेमा थप प्रष्ट पार्दै रामायण
लगायत बिभिन्न समयका पुस्तकहरुका बारेमा सारांशमा चर्चा गरेका थिए । उनले
भानुभक्तले आफ्नो छोरालाई पढ्न अर्ती दिंदै लेखेको भानुकै हस्ताक्षरको पत्र पढेर
सुनाएका थिए ।
यसै क्रममा शिखर दुलालले भानुभक्तको
कान्तिपुरी नगरी कविता पाठ गरेका थिए । साथै,
उनले हालको कान्तिपुरको अवस्था त्यो
बेला जस्तो नभएको भन्दै भानुभक्तीय कान्तिपुरी नगरी कविताको जवाफ रोचक ढंगले
प्रस्तुत गरेका थिए । कार्यक्रममा गीता बस्नेत,
उमा शर्मा, निर्मला
राजभण्डारी, सुजाता ढुङ्गेल, नम्रता आचार्य र मनोज प्रधानले आ(आफ्ना
कविता पाठ गरेका थिए ।
कार्यक्रमको तेस्रो चरणमा नर्थ
क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनोज प्रधानले संस्थाको संक्षिप्त
इतिहास प्रस्तुत गर्दै संस्थाले गरेका कार्यहरु सुनाएका थिए । प्रधानका अनुसार
२०१२ देखि अनवरतरुपले घरदैलो मासिक कार्यक्रम भइसकेको र करिब ६० जना सर्जकका
बारेमा छलफल र २४ भन्दा बढी कृतिका बारेमा बुक क्लब तथा वेबसाइटमा तिनको लेखा
राख्ने काम भइसकेको छ । साथै उनले शारदा साहित्यिक पत्रिकाको नर्थ क्यारोलाइना
विशेष अंक, कविता तथा वालकथा संग्रह प्रकाशन जस्ता
कार्यक्रमहरु गरिएको चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा नर्थ क्यारोलाइना
नेपाली साहित्य समाजको आगामी दुई बर्षको लागि नयाँ नेतृत्वको पनि घोषणा गरिएको
थियो । जसअनुसार अध्यक्ष शिखर दुलाल, बरिष्ठ उपाध्यक्ष नम्रता आचार्य, उपाध्यक्ष
शिशिर खनाल,महासचिव निर्मला राजभण्डारी र कोषाधक्ष सुजाता
ढुङ्गेल निर्विरोध चुनिएका छन् । यसैगरी सदस्यहरूमा डा. अच्युत शर्मा, डा.
ऋषि वस्ताकोटी, विक्रम गौतम, सुवास ढकाल, गिता
बस्नेत र डा दिपेन्द्र अर्याल रहेका छन् ।
निर्वाचन प्रक्रिया अनुसार निर्विरोध
निर्वा्चित भएका वर्तमान महासचिव शिखर दुलाललाई अध्यक्ष मनोज प्रधानले अध्यक्षता
पद हस्तान्तरण गर्दै वधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष पद ग्रहण गर्दै
नवनिर्वा्चित अध्यक्ष शिखर दुलालले सबैको सहयोगको अपेक्षा गर्दै अबको खेल हामी सबै
मिलेर खेलेमा मात्र शिल्ड हात पर्ने भन्दै आफु त केवल फुटबल मात्रै भएको र त्यसलाई
खेलाएर पोष्टमा गोल गर्ने जिम्मा खेलाडीकै रहेको स्पष्ट पारे । खेलको उदाहरण दिंदै
‘तपाईहरुनै
खेलाडी र रेफ्री हो, मेरो काम तपाईहरुले जता गुडाउनु हुन्छ त्यतै गुड्ने
हो’ भन्दै आफ्नो नयाँ कार्यसमितीको परिचय गराएका
थिए ।
नर्थक्यारोलाईना नेपाली साहित्य समाजले
अन्तर्रा्ष्ट्रिय नेपाली समाज नर्थक्यारोलाईनाको पनि प्रतिनिधिको रुपमा काम गर्दै
आइरहेको छ । नर्थक्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष मनोज प्रधानको सभापतित्वमा
भएको कार्यक्रममा समाजकी सदस्य सुजाता ढुङ्गेलले स्वागत गरेकी थिइन् । कार्यक्रमको
सञ्चालन कवयित्री नम्रता आचार्यले गरेकी थिइन् ।