हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रु. एक लाखको शमी सम्मान राजकर्णिकारलाई,(खसखस डट कम)

काठमाडौँ । शमी साहित्य प्रतिष्ठानले यस वर्षको शमी साहित्य साधना सम्मान बरिष्ठ यात्रा निबन्धकार घनश्याम राजकर्णिकारलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा बसेको बैठकले रु एक लाख एक सय एक राशिको सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी शमी युवा प्रोत्साहन पुरस्कार हिमालय उमावि, पर्वत, खुर्काटका कक्षा ९ का विज्ञान प्रविधिका प्रतिभा अमन पौडेललाई प्रदान गरिने भएको छ । उहाँले पानीबाट चल्ने यन्त्रलगायत अन्य विभिन्न विज्ञानसम्बनधी सिर्जना गर्नुभएको छ । सो पुरस्कार रु २५ हजार एक सय एक राशिको छ ।

प्रतिष्ठानका सचिव श्रीओम श्रेष्ठ रोदनका अनुसार समी सम लैङ्गिक अध्ययन पुरस्कार २०७१का लागि भुटनीदेवी उमाविका सिर्जना परियार र २०७२ का लागि नवदीप विद्याश्रम उमावि, म्हैपीका राज ढुंगानालाई प्रदान गरिनेछ । उच्चमाध्यमिक तहमा लैङ्गिक अध्ययन विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई दिइने यो पुरस्कारको राशि रु २० हजार एक सय एकको छ ।

पुरस्कार आउँदो असोज ५ गते प्रदान गरिनेछ ।

Comments

Sulav Bastola

lekh nikai ramro ra ramailo chha..tara yo babu bhayeko pahilo phase ho...janmeko 
santan hurkau da ko anubhav pani arko lekhma padna paiyos...

Basuji,<br /> Haina, kasko anubhav ho yo? Aafnai ki aru ko ki wa matra dimagko sirjana? Je hos lekh bado ramro chha. Very funny!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |