हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

‘समीर’ले रोल्पामा कविताहरु सुनाए,(खसखस डट कम)

रोल्पा, २५ पौष २०७२
युवा कवि दीपक शर्मा ‘समीर’ले शनिबार रोल्पामा आफ्ना कविताहरु सुनाएका छन् । ललित साहित्य परिषद्ले हरेक महिना सञ्चालन गर्दै आएको एकल रचना वाचनको २० औं श्रृङ्खलामा उनले आफ्ना १९ वटा कविताहरु सुनाएका हुन् ।
‘म राप्ती हुँ’ शीर्षकको कविताबाट रचना वाचन सुरु गरेका समीले पहिलो चरणमा ५ वटा कविताहरु सुनाएका थिए । उनले पहिलो चरणमा ‘फूल र देवता’, ‘लिपु’ र ‘ती लामुखुट्टेहरु’ कविता सुनाका थिए । त्यसपछि एकल रचना वाचक समीरको व्यक्तिमाथि कविता उपाध्यायले प्रकाश पारेकी थिइन् । ‘दुर्गे दाइको आरन’बाट कवि समीरले दोस्रो चरणको कविता सुरु गरेका थिए । त्यसपछि उनले ‘आमाको स्नेह’, ‘जून भित्तामा छ अचेल’, ‘ए साथी’, ‘बागमती’, ‘खुल्ला छाती’, ‘मान्छेको खोजी’, ‘गाउँ फर्कदैछु म’, ‘बहत्तर बैशाख बाह्र उन्तीस’, ‘जा समीर लिएर आइज’, ‘स्तब्ध जाजरकोट’, ‘सपनाहरु’ सुनाउँदै ‘मेरो देशको स्वाभिमान’ शीर्षकको कविता सुनाएर अन्त्य गरेका थिए ।
रोल्पा आएर एकल रचना वाचन गर्न पाएकोमा खुसी व्यक्त गर्दै समीरले आफूले विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भएका रचनाहरु सुनाएको बताए । साथै सर्जकका हरेक सिर्जनाहरु समाज सुधार, समाज परिवर्तनका लागि हुनुपर्ने बताए ।
कार्यक्रमको समीक्षा गर्दै चाङ चिरागले समीरका रचनाहरु समय सान्दर्भिक रहेका बताए । ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नवीन लोचनमगरले गरेका थिए ।
सल्यानमा जन्मिएका समीर अहिले घोराही–२ दाङमा बस्दै आएका छन् । ‘अग्निदीप’ कवितासंग्रह २०६९ प्रकाशित गरेका समीरले विभिन्न म्युजिक भिडियो, टेलिफिल्म, फिल्ममा काम गरिसकेका छन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |