अचानो लोकार्पण ,(खसखस सम्वाददाता)
अचनो लोकार्पण तथा मुक्तक वाचन सम्पन्न रोल्पा, ६ पौष २०७२ । ललित साहित्य परिषद्, रोल्पा र नेपाल मुक्तक प्रतिष्ठान, रोल्पा शाखाको संयुक्त आयोजनामा सोमबार लिबाङमा मुक्तक वाचन विशेष सम्पन्न गरेको छ । साहित्यकार नारायण सुवेदीको प्रमुख अतिथ्यता तथा परिषद्का संस्थापक अध्यक्ष डी.बी. टुहुरोको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा ललित साहित्य परिषद्ले प्रकाशन गरेको लोकेन्द्र सेन सिम्पल कान्छाको ‘अचानो’ मुक्तकसङ्ग्रह लाकोर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुवेदीले उक्त संग्रहको लोकार्पण गरेका थिए । कार्यक्रममा दामु मर्सिफुलले संग्रहको समीक्षा गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस, रोल्पाका सभापति कृष्णबहादुर घर्तीमगर, नेकपा एमाले, रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगर, अधिवक्ता जितविक्रम मल्ल, निमित्त महिला विकास अधिकृत तारा सुनुवार, राप्ती साहित्य परिषद्, रोल्पा शाखाका अध्यक्ष गोकर्ण पुनमगर, मुक्तककार लोन्द्र सेन सिम्पल कान्छा लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा चन्द्रज्योति सुवेदी, खेमराज गाउँले, दिलसागर कुवर, प्रकाशप्रोशित वली, प्रतीक्षा थापा, मोहन गाउँलेमगर, दीपक आचार्यले मुक्तक वाचन गरेको थिए । त्यस्तै सन्तोष समर्पण वली र गाविन्द विश्वकर्माले ‘अचानो’ मुक्तकसंग्रहभित्रका मुक्तकहरु वाचन गरेका थिए भने अमरजित पुनमगरले गीत सुनाएका थिए । लोकन्द्र सेनको यो दोस्रो कृति हो । यसअघि उनले ‘चोकमा उभिएका नयनहरु’ गजलसंग्रह प्रकाशन गरेका थिए । परिषद्का उपाध्यक्ष लोक आलोकको स्वागत मन्तव्यबाट सुरु भएको थियो । परिषद्का अध्यक्ष ओम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव नवीन लोचन मगरले गरेका थिए ।