हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

“अमेरिकामा आमा” को लोकार्पण,(कास)

साहित्यकार भारती गौतमको संस्मरणात्मक ग्रन्थ “अमेरिकामा आमा” को वरिष्ठ साहित्यकार श्री तुलसी दिवसले एक भव्य समारोहका वीच भर्खरै लोकार्पण गर्नु भयो। गुन्जन महिला साहित्यकार समुहको आयोजनामा प्रज्ञाभवनमा सो लोकार्पण कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा विभिन्न विद्वान वक्ताहरुले “अमेरिकामा आमा” संस्मरणात्मक ग्रन्थवारे मन्तव्य प्रकट गर्नु भएको थियो।
पुस्तक बारे वोल्नु हुंदै समालोचक एवं प्राज्ञ डा. ज्ञानु पाण्डेले “अमेरिकामा आमा” ले “आमा” ओहोदालाई गरिमा र ईज्जत प्रदान गरेको छ भन्नु भयो। दुईवटा संस्कृतिबिच छोराछोरी हुर्काउनु पर्दा एउटी आमाले सामना गर्नु परेका चुनौतीहरुलाई कलात्मक, विश्लेषणात्मक र मार्मिक ढंगको प्रस्तुती उक्त किताबमा पाउन सकिने कुरा उहांले वताउनु भयो।
त्यस्तै अर्का वक्ता प्रसिद्द साहित्यकार डा. गोविन्दराज भट्टराईले एन्थ्रोपोलिजिस्ट, सोसियोलोजिस्ट एबं डायस्पोरिक अध्ययन गर्ने सवैले एकपटक “अमेरिकामा आमा “ पढ्नै पर्ने रहेछ भन्नु भयो।
प्रमुख अतिथिको रुपमा बोल्नु हुंदै वरिष्ठ साहित्यकार तुलसी दिवसले ‘देश वाहिर गएर आफ्नै अनुभव र आफ्नै जीवनीमा आधारित  अहिलेसम्म लेखिएका पुस्तक मध्येको ऐतिहासिक पुस्तक हो “अमेरिकामा आमा” भन्नु भयो। उपन्यास,जीवनी र यात्रासाहित्य तीनवटैको एककृत रुप यो पुस्तकमा नेपाल र अमेरिका , राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भका अनुभूति र चिन्तनलाई कलात्मक अनि आकर्षक ढंगले प्रस्तुत गरिएको छ भन्नु भयो।
अमेरिकामा बसेर तीनजना छोराछोरीसंगको एउटी आमाको अनुभव यात्रा नै यो पुस्तकको प्रमुख विषयवस्तु भएको उल्लेख गर्नु हुंदै कितावका लेखक भारती गौतमले कतैबाट पनि उस्तै नलाग्ने दुई संस्कार संस्कृति र मान्यताको संगतले सिकेका अमूल्य पाठहरुको अभिब्यक्ति पनि “अमेरिकामा आमा” भएको बताउनु भयो।
गुन्जनका अध्यक्ष गीताकेशरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई ईल्या भट्टराईले संचालन गर्नु भएको थियो भने गुन्जनका महासचिब हिरण्यकुमारी पाठकले स्वागत भाषण गर्नु भएको थियो।
    


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |