हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सुवेदीको एकल रचना वाचन,(खसखस सम्वाददाता)

३० जेष्ठ ।

साहित्यकार नारायण सुवेदीले शनिबार आफ्ना रचनाहरु सुनाएका छन् । रोल्पाको सदरमुकाम लिबाङमा आयोजित कार्यक्रममा उनले धेरैजसो छन्द कविता सुनाए । ललित साहित्य परिषद्को मासिक कार्यक्रममा उनले एकल रचना वाचनगरेका हुन् ।

 

आराधनाशीर्षकको कविताबाट सुरु गरेका सुवेदीले अन्त्यमा होला कि शान्तिशीर्षकको कविता वाचन गरेका थिए । त्यस्तै उनले बन्दना, अन्धो म हराउँला, पोख्तोछु पीर मनको, बी.पी.को चिन्तनधारा, प्रजातन्त्र नेपालको, किशोर अवस्था, नेताको पश्चात्ताप, मुर्काट्नाहरु, जलजला, आमा देऊ बारुद एकमुठी ध्वस्त पार्छु संसार, चित्र मेरो बढारी शीर्षकका कविताहरु सुनाए ।

 

उनले १४ वटा रचना वाचन गरेको कार्यक्रम समीक्षक डी.बी. टुहुरोले बताए । टुहुरोका अनुसार वाचित रचनाहरुमध्ये १ वटा गीत, १ वटा गजल, २ वटा गद्य कविता थिए भने अरु सबै पद्य कविताहरु थिए ।

 

रचना वाचनसँगै सुवेदीले आफ्ना अनुभूतिहरुसमेत व्यक्त गरेका थिए । सोही क्रममा उनले कवितासङ्ग्रह निकाल्ने तयारी भइरहेको बताए भने उपन्यासको तयारी पनि गरिरेको बताए । गजुल, रोल्पा निबासी सुवेदीको १०० दिन माओवादी कब्जामाप्रकाशित छ ।

 

सुवेदीको व्यक्तित्वमाथि प्रकाश साहित्यकार खेमराज शर्माले पारेका थिए । एकल रचना वाचन कार्यक्रम रेडियो रोल्पा ९३ दशमलव ८ र रेडियो जलजला ९६ थोप्ला ४ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण समेत गरिएको परिषद्ले जनाएको छ ।

 

परिषद्का अध्यक्ष ओम केसीको अध्यक्षता तथा महासचिव नवीन लोचनमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिव खेमराज गाउँलेले स्वागत मन्तव्य दिएका थिए ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |