हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

टेलिकन्फरेन्स कविता वाचन सम्पन्न,(खसखस डट कम समाचारदाता )

जुन १३, २०१५

खसखस डट कमको आयोजनामा पहिलो पटक टेलिकन्फरेन्सको माध्यमबाट आज जून १३, २०१५ का दिन भूकम्प सम्बन्धी विशेष कविता वाचन कार्यक्रम सम्पन्न भयो | अमेरिकी पूर्वी समय राती ठिक ९.१५ मा आरम्भ भएको सो कविता वाचन् कार्यक्रममा क्रमशः कल्पना सुवेदी-भर्जिनिया; मानकाजी श्रेष्ठ- क्यानाडा; होमनाथ सुवेदी-भर्जिनिया; ज्ञानेन्द्र गदाल- कोलोराडो; प्रमोद अमात्य तथा निरन्जन वाग्ले- क्यालिफोर्निया; मिना शाक्य- फ्लोरिडा; रामचन्द्र भट्टराई- भर्जिनिया; निरा शर्मा-भर्जिनिया; परशु तिम्सिना- भर्जिनिया; हरी घिमिरे- भर्जिनिया; सुशील ताम्राकार- एरिजोना तथा बासु श्रेष्ठ, भर्जिनियाले आआफ्ना कविता वाचन गरेका थिए |
यस प्रकारको पहिलो विशेष कार्यक्रम अमेरिका र क्यानाडाकोलागी मात्र व्यवस्था गरिएको तथा कार्यक्रम लोकप्रियताको आधारमा बेलायत, बेल्जियम, इजराएल तथा अन्य देशमापनि गरिने योजना रहेको छ |
वाचन गरिएका कविताहरुमा छानिएका कविताहरुको सङ्ग्रह खसखस डट कमबाट प्रकाशित गरिने योजनापनि रहेको छ |
सहभागी सबैले यस प्रकारको नौलो कार्यक्रममा सहभागी हुन् पाएकोमा खुशी व्यक्त गर्दै कविता वाचन गरेका थिए भने आयोजकका तर्फबाट बासु श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए |







Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |