हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्वरमा कविता/गीत/गजल वाचन सम्बन्धि खसखस डट कमको सूचना:,(खसखस डट कम)

नेपालमा बैसाख १२ र २९ मा गएको विनाशकारी भूइंचालोले शारीरिक, मानसिक र आर्थिक क्षति निक्कै पुर्याएको छ | थुप्रै मन तथा परिवारहरु विचलित भएका छन् | यसमा साहित्यकारका साहित्यिक मनहरु अपवादमा रहन सक्दैनन् | तसर्थ, त्यस विचलित मनलाई प्रकट गर्न थुप्रै साहित्यकारहरुले कविताको सहारा लिएका होलान् भन्ने हामी सहजै अनुमान गर्न सक्छौं | तर ति कवितारुपी उद्गार तथा भावनाहरु अझै अप्रकाशित या अप्रकट नै रहेका होलान भन्ने पनि हाम्रो अनुमान छ |
त्यसकारण, भूकम्प सम्बन्धि लेखिएका त्यस्ता कविता/गीत/गजलहरु तपाईंसँग छन् भने खसखस डट कम मार्फत तपाईंको आफ्नै स्वरमा ति रचना विश्वलाई सुनाउन हामी आव्हान गर्दछौ | त्यसैले यस्तो व्यवस्था हामीले गरेका छौं र यसरी कविता सुनाउनकोलागी हामीले निम्न मिति र समय तोकेका छौं |
मिति: जुन १३, २०१५
समय: ८....४५-९.०० राती (अमेरिकी पूर्वी समय-EST)
उपरोक्त समयभित्र ७८६ ५७७-१०२० मा फोन गरेर प्रवेश कोड ९४५६७० थिच्नु भएर कन्फरेन्समा प्रवेश गर्नु होला | कविता रेकर्ड ठिक ९.१५ मा शुरु हुनेछ भने यसपछि प्रवेश चाहनेलाइ निषेध गरिनेछ |

केहि नियमहरु:
-९.१४ पछि कन्फरेन्समा प्रवेश निषेध हुनेछ | त्यसकारण सो अगावै प्रवेश गर्नुहोला |
-प्रवेश भएको क्रम अनुसार नै कवितापनि वाचन गरिनेछ | आफ्नो कविता वाचन गरेपछि कुनै आवाज ननिकाली चुपचाप अन्यको कविता सुन्नु होला |
-कन्फरेन्समा प्रवेश गर्नु अघि आफु बसेको कोठामा कसैले कुनै आवाज निकाल्ने या वाधा दिनेको निदान गर्नु होला |
-सेलफोनमार्फत प्रवेश गर्नेहरुको यथेष्ट ब्याट्री रहेको हुनुपर्नेछ |
-कविता/गीत/गजल (खस्) नेपालीभाषा लगायत नेपालभित्र बोलिने अन्य भाषामा पनि लेखिएको हुनसक्छ | तर ति रचनाहरुको उपयुक्त भाषानुवादपनि उपलब्ध गराउन अनुरोध गरिन्छ |
-कविता बढीमा दुइशय शव्दसम्मको हुनु पर्ने छ |
-मनग्गे सहभागिता रहेको खण्डमा उत्कृष्ट रचनाहरु सङ्ग्रहको रुपमा 'भूकम्प विशेष कृति' प्रकाशन गर्ने उदेश्य खसखस डट कमले राखेको छ |
-वाचन गरिएका कविताहरु खसखस डट कममा अपलोड गर्ने/नगर्ने या कृतिमा संग्लग्न गर्ने/नगर्ने सम्पूर्ण अधिकार आयोजकमा रहने छ |
-यदि कृति प्रकाशित भएमा कदापी सशुल्क विक्री गरिने छैन |
-यदि कृति प्रकाशित भएमा लेखकलाइ दुइप्रति कृति उपलब्ध गराइने छ | तर सोकोलागी हुलाक खर्च लेखक आफैंले व्यहोर्नु पर्नेछ |
-हाललाई यो कार्यक्रम अमेरिका तथा क्यानाडामामात्र सिमित राखिएको छ | लोकप्रियतालाइ ध्यानमा राख्दै यो कार्यक्रम अन्य देशहरुकोलागीपनि आयोजन गर्न सकिने छ |
थप केहि जानकारी या सल्लाह सुझाव भएमा khasskhass@gmail.com मार्फत सम्पर्क गर्नुहुन अनुरोध छ | साथै यस विषयमा इच्छुक आफ्ना मित्रहरुलाईपनि जानकारी दिएर सहभागिता जनाउन मद्दत गर्नुहुन अनुरोध छ |

उल्लेखित मितिमा फोन मार्फत भेट्ने नै छौ | धन्यवाद |

बासु श्रेष्ठ
संचालक:खसखस डट कम
फोन ७०३-३३८-७८२८

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |