हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

राष्ट्रकवि माधव घिमिरे,(गीतकार रमण घिमिरे)


(फोटो: रमण घिमिरे)
नेपालको साहित्य, कला तथा सँस्कृतिको क्षेत्रमा चर्चित व्यक्तिहरुसँग खसखस राख्ने क्रममा यस पटक हामीले निम्त्याएका छौ राष्ट्र्कवि माधव घिमिरे । छयान्नब्बे वर्षको उमेरमा पनि वहाँबाट हुने साहित्यिक कृयाकलापबारे हामीलाई चासो लाग्नु र रहनु स्वाभाविक हो । त्यसैले यस बारेमा जानकारी लिएर तपाईसामू प्रस्तुत गर्ने हेतुले खसखस डट कमकालागी गीतकार रमण घिमिरेले हालै कुराकानी गर्नुभएको छ ।

हेक्का रहोस्, राष्ट्र्कविलाई खसखस डट कममा निम्त्याईएको यो दोश्रो पटक हो । पहिलो पटक हामीले सन् २००७ डिसेम्बरमा निम्त्याएका थियौँ । यसरी खसखस डट कममा दोश्रो पटक निम्त्याईने वहाँ पहिलो पाहुना हुनुहुन्छ । सोकोलागी हामी वहाँप्रति आभार व्यक्त गर्दछौँ ।

 

यस पटक वहांसंग गरिएका कुराकानी:

राष्ट्रकविबाट साहित्यको रचना कसरी हुने गर्दछ?
मानवीय प्रेम नष्ट भए के होला?

'ऋतम्भरा' के हो र यो केकालागी ?

लगायत अन्य विषयमा भएका रोचक कुराकानी प्रस्तुत छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |