हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

परशु प्रधानका दुइ समाचार ,(खसखस डट कम)

वरिष्ठ कथाकार परशु प्रधानलाई 'नेपाली विधामा लामो समयदेखि विशिष्ट र उल्लेखनीय योगदान गरे बापत' श्री लुनकरण दास-गंगादेवी चौधरी  साहित्य कला मन्दिरले 'सरस्वती सम्मान' प्रदान गर्ने भएको छ | साहित्य कला मन्दिरद्वारा लेखिएको सो पत्रको प्रतिलिपि खसखस डट कमलाइ प्राप्त भएको छ | सम्मान स्वरूप प्रशस्ति पत्र तथा नगद रु ५१ हजार प्रदान गरिनेछ |
लामो समयसम्म नेपालको निजामति कर्मचारी रहँदै साहित्यिक रचनामा समेत सक्रिय रहनु भएका परशु प्रधान खसखस डट कमको पाहुना रहिसक्नु भएको छ | विगत पाँच महिनाभित्र यो वहाँको पाँचौं सम्मान हो | वहाँलाई हाम्रो बधाई |




यसै बिच कथाकार परशु प्रधानको आत्म वृतान्त 'जिन्दगीका मोडहरु' बजारमा आएको छ | अक्सफोर्ड प्रकाशन रहेको यस कृतिमा प्रधानले जन्मेदेखि अहिलेसम्म र साहित्यकार देखि कर्मचारीसंगको प्रसङ्ग उल्लेख गर्नु भएको छ |
यस कृति बारेको एक छोटो कुराकानीमा वहाँले 'छुट्नु पर्ने कुनै घटना नछुटेको, सम्पूर्ण घटनाहरु इमान्दारी र निष्पक्ष ढंगले प्रस्तुत गरिएको छ' भन्नु भयो | साथै विमोचनको दिन प्रकाशकले आफुलाई नगद रु १२५००.०० तथा १०० प्रति कृति दिएको सहर्ष जानकारी दिनुभयो |
सो पुस्तक काठमाण्डौको रत्न पुस्तक भण्डार तथा अक्सफोर्ड प्रकाशकका विभिन्न शाखाहरुमा पाइनेपनि जानकारी दिनु भयो | १६० पेज रहेको सो कृतिको मूल्य रु. २५०.०० रहेको छ |
कृतिको सफलताको कामनाका साथ !



Comments

Gyanendra Khatiwara

असंबद्धजस्ता उत्कृष्ट कथा संग्रहका कथाकार परशु प्रधान मेरा आदर्श कथाकार हुन्। सिङ्गै आकाशलाई हिर्काउनलाई बिज मानेर मैले एउटा कथा आकाशको नीलो उघाउन लेखे। घटना केही मिल्दैन। तर म मेरो उक्त कथाको उत्प्रेरकको रूपमा मान्छु। वासु रिमाल यात्रीले भूमिका पनि असम्बद्धको त्यत्तिकै बलियो लेखेका छन्। र परशु दाइको त्यो कथा संग्रह मलाई नेपाली साहित्यको सुन्दर बलियो कथा संग्रह लाग्छ। शुरुको खोलाको अन्त्य कथा छोटो कथामा बलियो कथा लाग्छ मलाई। यो नयाँ कृति बजारमा आए निश्चय नै किन्ने छु। कथाकारको सुस्वस्थको कामना

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |