हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

‘कमरेड भाउजू’ सार्वजनिक,(खसखस डट कम समाचारदाता )

लन्डन, १५ जनवरी                                                         


 
लन्डन निवासी कथाकार कृष्ण बजगाईंको कथासङ्ग्रह
कमरेड भाउजू सार्वजनिक गरिएको छ । कम्युनिष्ट दर्शनका प्रवर्तक कार्ल मार्क्सको लन्डनमा अवस्थित समाधिस्थलबाट कथाकारले उक्त पुस्तक सार्वजानिक गरेका हुन् ।
सङ्ग्रहका कथाहरु विदेशी भूमिमा रहेका नेपालीहरुको वरिपरि घुमेका छन् । माओवादी जनयुद्धका क्रममा विस्थापित भएका, विदेश पलायन नेता तथा कार्यकर्ताहरुका कथा व्यथालाई मुख्य रुपमा उठाईएको छ ।
उक्त सङ्ग्रमा केही यौन मनोवैज्ञानिक र यथार्थवादी कथा छन् । ति कथाले नेपाली डायस्पोरामा देखिएको परिवार विघटन, विचलन जस्ता पेचिला समस्याका बारेमा सचेत गराएको छ ।
तेह्रवटा कथा रहेको उक्त सङ्ग्रहलाई शब्दार्थ प्रकाशन काठमाडौंले बजारमा ल्याएको हो । लामो समयदेखि डायस्पोराबाट नेपाली साहित्यमा कलम चलाउँदै आएका बजगाईंको यो पाँचौं कृति हो ।
यो सङ्ग्रह काठमान्डौमा रत्न पुस्तक भण्डार, पैरवी प्रकाशन, पाठ्य सामग्री लगायत जिल्लाका प्रमुख पुस्तक पसलहरुमा उपलब्ध छ |



Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |