हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

‘सामुद्रिक छल्का’ रोल्पामा पनि लोकार्पण,(खसखस डट कम समाचारदाता )

समाचारदाता, रोल्पा २७ पौष ।
प्रवासमा रहेका नेपालीहरुको सामुहिक गजलसङ्ग्रह ‘सामुद्रिक छल्का’को आइतबार रोल्पाको लिबाङमा लोकार्पण गरिएको छ । प्रगतिशील लेखक संघ, जिल्ला शाखा रोल्पाले लोकार्पण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा साहित्यकार डी.बी. टुहुरोले गजलसङग्रहको लोकार्पण गरे ।
प्रवासी कलम मलेसियाले १०६ जना गजलकारका गजलहरु संकलन गरी ‘सामुद्रिक छालका’ गजलसङ्ग्रह प्रकाशन गरेको हो । कार्यक्रममा गजलकार नारायण जिज्ञासुले गजलसङ्ग्रहको समीक्षा गरेका थिए । उनले सङ्ग्रहभित्र घर्तीगाउँका बसन्त घर्तीमगर ‘अभिषेक’ र पाछाबाङका कमल विवश मगरका पाँच पाँच वटा गजलहरु सङ्ग्रहभित्र रहेको बताए । कृतिभित्र धेरैजसो गजलहरुमा मातृभूमिप्रतिको माया र प्रवासी पीडाहरु पोखिएका समीक्षाका क्रममा जिज्ञासुले बताए ।
प्रलेस रोल्पाका सदस्य अशोक कुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सचिव रमेश सुवेदी, राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाका अध्यक्ष गोकर्ण पुन, नागी साहित्य परिषद्, रोल्पाका अध्यक्ष डम्बर बुढामगर, कवि चाङ चिरागले रेडियो जलजलाका स्टेशन म्यानेजर मौसम रोकामगर, नेपाल पत्रकार महासंघ रोल्पाका ईश्वरी जी.एम., रोल्पा समाचार साप्ताहिकका मानसिंह वि.क.लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले बौद्धिक व्यक्तिहरु प्रवासमा जानुपर्ने बाध्यता रहेको बताउँदै यसले देशलाई नै हानी भइरहेको बताए । नेपालका धेरैजसो जिल्लाका गजलकारहरु कृतिभित्र समेटिएकोले एक ठाउँको सिर्जना अर्को ठाउँमा पुग्ने सजिलो माध्यम यस कृति भएको विचार व्यक्त गरेका थिए ।
प्रलेस, रोल्पाका सचिव देवी गुरुको सञ्चालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता नवीन लोचनमगरले गरेका थिए । उक्त कृति मलेसियामा पनि आइतबार नै विमोचन गरिएको आयोजकले जानकारी दिएको छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |