हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रचना सुनाउन डा. डी.सी. रोल्पा आउने,(खसखस डट कम समाचारदाता )

समाचारदाता,  रोल्पा २१ मंसिर ।

घोराही दाङ निवासी साहित्यकार डा. कृष्णराज डी.सी.ले आफ्ना रचनाहरू सुनाउन रोल्पा आउने भएका छन् । ललित साहित्य परिषद्, रोल्पाले हरेक महिनाको सञ्चालन गर्दै आएको एकल रचना वाचन कार्यक्रममा डा. डी.सी. आफ्ना रचनाहरू सुनाउन मंसिरको अन्तिम शनिबार लिबाङ आउने भएका हुन् । परिषद्को आइतबार लिबाङमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

परिषद्का अध्यक्ष ओम पन्छीको अध्यक्षतामा सम्पन्न बैठकले कार्यक्रममा डा. डी.सी.को व्यक्तित्वको बारेमा रमेश सुवेदी र कार्यक्रमको समीक्षा गर्ने जिम्मा डी.बी. टुहुरोलाई दिने निर्णय गरेको छ । परिषद्को आयोजनामा सञ्चालन हुँदै आएको एकल रचना वाचन यसपटक सातौं शृङ्खला हो ।

यसैबीच परिषद्को बैठकले नवराज बुढामगर ‘नवीन उदासी’को ‘विवशताको जिन्दगी’ मुक्तकसङ्ग्रह र भागीराम घर्तीमगरको ‘जीवनका गोरेटाहरू’ गजलसङ्ग्रह आउँदो पौष ५ गते शनिबार सार्वजनिक गर्ने निर्णय गरेको छ । गजलकार घर्तीमगर र मुक्तककार उदासी बुढागाउँ–७, रोल्पा निबासी हुन् भने यी दुवै कृतिको प्रकाशन ललित साहित्य परिषद् रोल्पाले गरेको हो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |