कोठे गोष्ठीको रजत शृंखला सम्पन्न,(खसखस डट कम)
कोठे कविता गोष्ठीको रजत शृंखला (२५ औं शृंखला) आज सदस्य रामप्रसाद खनालको फ्रन्ट रोयल स्थित घरमा सम्पन्न भयो | १ बजे अपरान्ह शुरु हुने भनिएको गोष्ठी झन्डै ३.३० बजे शुरु भएको थियो |
सदाको झैँ पहिलो चरणको कविता वाचनपछि प्रत्येक कविताप्रति टिका टिप्पणी तथा मन्तव्य प्रस्तुत गरिएको थियो भने दोश्रो चरणको कविता वाचनमा कुनै टिका टिप्पणी गरिएको थिएन |
हलुका चमेनापछि शुरु भएको सो गोष्ठीमा कविता वाचन गर्नेहरुमा
मोहन निरौला
बिमला निरौला...
मंजु संग्रौला
रजनी श्रेष्ठ
कल्पना सुबेदी
बासु श्रेष्ठ
प्रेम संग्रौला
गोपाल रेग्मी
प्रकाश नेपाल
हरि घिमिरे
होमनाथ सुबेदी
रविन्द्र श्रेष्ठ
रामप्रसाद खनाल
परशु तिम्सिना
तथा भूपनारायण घर्ति मगर थिए |
वाचन गरिएका कविताहरु सुन्न छिट्टै उपलब्ध हुनेछ |
कार्यक्रमको अन्त्यमा सदस्य हरि घिमिरेले सदाको झैँ गोष्ठीको तर्फबाट आयोजक मित्रलाई काव्य मार्फत धन्यवाद ज्ञापन गरेका थिए | अन्त्यमा मीठो रात्री भोजकासाथ कार्यक्रम सम्पन्न भएको थियो |
आयोजक मित्र तथा परिवारलाइ धन्यवाद |