हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२४औ कोठे कविता गोष्ठि सम्पन्न ,(खसखस सम्वाददाता)

आज सेप्टेम्बर २४, २०१४ का दिन कोठे कविता गोष्ठिको २४ औं शृंखला सदस्य होमनाथ सुबेदीको उडब्रिज स्थित घरमा सम्पन्न भयो |
तोकिएको समय भन्दा आधा घण्टामात्र ढिलो शुरु भएको गोष्ठिमा सदा झैँ पहिलो चरणको कविता पाठ गर्दै त्यसप्रति टिका टिप्पणी गर्दै अगाडी बढेको थियो भने दोश्रो चरणको कविता भने बिना टिका टिप्पणी वाचन गरिएको थियो |
पहिलो चरण समाप्त भएपछि नेपालबाट हाल अमेरिकी भ्रमणमा रहेका साहित्यकार तथा समालोचक पुरुषोत्तम सुबेदीले समग्रमा सबै कविका कविताहरुप्रति समीक्षा गरेका थिए | गोष्टीको मध्य भागमा आयोजकले पिजाको बन्दोबस्त गरेका थिए |
यसै गरि सो गोष्ठिमा आधुनिक आशुकवि रमेश खकुरेल तथा युग संवादका वरिष्ठ सम्पादक सोमनाथ घिमिरेकोपनि उपस्थिति रहेको थियो र गोष्ठि बारे आआफ्ना धारणाहरु राखेका थिए |
सो गोष्ठिमा आयोजक कवि होमनाथ सुबेदीबाट शुरु भएको दुवै चरणका कविता वाचक
हरुमा क्रमशः बिमला निरौला, रजनी श्रेष्ठ, निरा शर्मा, अन्जना न्यौपाने (अतिथि), कल्पना सुबेदी, बासु श्रेष्ठ, प्रकाश नेपाल, रमेश खकुरेल, हरी घिमिरे, पुरुषोत्तम सुबेदी, परशु तिमिल्सिना, गोपाल रेग्मी, बसन्त श्रेष्ठ, नारायण अधिकारी, रविन्द्र श्रेष्ठ तथा रामप्रसाद खनाल थिए |
गोष्ठिको अन्त्यमा सदा झैँ हरी घिमिरेले कविता वाचन गरेर आयोजकलाइ धन्यवाद ज्ञापन गरे | यसभन्दा अघि बासु श्रेष्ठ तथा बसन्त श्रेष्ठलेपनि कविता वाचनको क्रममा धन्यवाद दिएका थिए |
नवागन्तुक बिमला निरौलालाई गोष्ठिको सदस्यको रुपमा स्वागत गर्दै आगामी गोष्ठिको आयोजना नोभेम्बर महिनामा उनले नै गर्ने निधो गरिएको छ |
आयोजक होमनाथ सुबेदी तथा उनका परिवारलाई यस आयोजनाकोलागि फेरी धन्यवाद |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |