हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कुलपति तथा प्राज्ञ चयन ,(खसखस डट कम समाचारदाता )

        


विगत केहि महिनादेखि रिक्त रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा सोहि प्रतिष्ठानका भूतपूर्व उपकुलपति गंगाप्रसाद उप्रेतीलाइ कुलपति, विष्णुविभू घिमिरे उपकुलपति र जीवेन्द्रदेव गिरी सदस्यसचिव नियुक्त भएको जानकारीमा आएको छ ।

गिरी प्राज्ञ परिषद् सदस्य थिए। स्रोतका अनुसार प्राज्ञ परिषदमा प्रा. दिनेशराज पन्त, अमर गिरी, ज्ञानु पाण्डे, नर्मदेश्वरी सत्याल, श्रवण मुकारुङ, उषा ठाकुर, मातृका पोखरेल, हेमांगराज अधिकारी छन्। समाचारअनुसार संस्कृति मन्त्रालयबाट स्वीकृतिका लागि गएको पदाधिकारीहरूको
नामलाई प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार अनुमोदन गरेका हुन्।

समाचार अनुसार यसरी नै संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानमा पनि क्रमश: सरुभक्त र रागिनी उपाध्याय कुलपति नियुक्त भएका छन् | संगीत नाट्यको उपकुलपतिमा शम्भुजित बास्कोटा र सदस्यसचिवमा गणेश रसिक छन्। प्राज्ञ परिषद्मा रमेशरञ्जन झा, पुष्कर गुरुङ, पवित्रा घर्तीमगर, उन्नति शिला बोहरा, उदय श्रेष्ठ र माधव प्रधान छन्। ललितकला प्रज्ञा-प्रतिष्ठानका उपकुलपतिमा शारदा चित्रकार र सदस्यसचिवमा नवराज भट्ट छन् भने प्राज्ञ परिषद्मा सुष्मा राजभण्डारी, निमा घ्याम्जो बल, धनबहादुर याक्खा, सुबोधचन्द्र दास, रमेश श्रेष्ठ र नारदमणि हार्तुम्छाली छन्।

प्रज्ञा प्रतिष्ठानसँग खसखस डट कमले गर्न लागेको सहकारी थातिमा रहेको थियो | अब सो पुरा हुने लक्षण देखा परेको छ |

खसखस डट कमका पाहुना रही सक्नु भएका गङ्गा प्रसाद उप्रेती र वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई हामी बधाई भन्दै सम्पूर्ण प्रज्ञावर्गमा सफल कार्यकालको कामना गर्दछौं | 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |