हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

रोल्पाबाट दुइ समाचार,(खसखस सम्वाददाता)

शर्माको एकल रचना वाचन सम्पन्न
समाचारदाता, रोल्पा साउन ३१ ।
कवयित्री सीता शर्माको एकल रचना वाचन कार्यक्रम शनिबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । कार्यक्रममा शर्माले आफ्नो विद्यार्थी जीवनदेखि हालसम्म रचना गरेका १० वटा कविताहरु सुनाइन् ।
कार्यक्रमको समीक्षा गर्दै प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य गौरीकिरण डाँगीले शर्माको रचनामा प्रगतिशीलता भेटिएको टिप्पणी गरे । कार्यक्रममा शर्माको व्यक्तित्वमाथि कवयित्री गायत्री घर्तीमगरले बोलेकी थिइन् ।
लिबाङस्थित वाचनालयमा कार्यक्रम सम्पन्न भएको हो । ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नारायण रेग्मी जिज्ञासुले गरेका थिए ।
ललित साहित्य परिषद्, रोल्पाले कार्यक्रमको आयोजना गरेको हो । मासिक रुपमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत यो तेस्रो शृङ्खला हो । यसअघि साहित्यकार खेमराज शर्मा र डी.बी. टुहुरोको एकल रचना वाचन सम्पन्न भएका थिए ।

XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX

प्रलेसको स्थापना दिवसमा २ पुरस्कार वितरण गरिने
समाचारदाता, रोल्पा साउन ३१ ।
प्रगतिशील लेखक संघको स्थापना दिवसको अवसरमा २ वटा पुरस्कार वितरण गरिने भएको छ । प्रगतिशील लेखक संघ रोल्पाको शाखाको लिबाङमा सम्पन्न बैठकले दिवसका अवसरमा तिलकराम–रिमाल्नी साहित्यिक प्रतिभा पुरस्कार र पल्लवी गजल साधना पुरुस्कार वितरण गर्ने निर्णय गरेको हो ।
साहित्यकार खेमराज शर्माद्वारा स्थापित तिलकराम–रिमाल्नी साहित्यिक प्रतिभा पुरस्कार  हरेक वर्ष एक जना स्रष्टालाई प्रदान गरिने छ भने साहित्यकार धनराज अविरलद्वारा स्थापित ‘पल्लवी गजल साधना पुरुस्कार’ एकजना गजलकारलाई प्रदान गरिने छ ।
रोल्पा शाखा अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न बैठकले नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा प्रगतिवादी धारामा कलम चलाउने व्यक्तित्वहरुको सम्झनामा जन्मदिन र स्मृति दिन पारेर मनाउने निर्णय गरेको छ ।
यसैबीच अग्रज साहित्यकार तथा समालोचक एवम उपन्यासकार दीपशिखाको भर्खर प्रकाशित प्रगतिवादी उपन्यास ‘रात फुलको याम’को चर्चापरिर्चा कार्यक्रम भाद्र १ गते रोल्पाको लिबाङमा गर्ने निर्णय गरेको छ । बैठकमा प्रलेस केन्द्रिय सदस्य गौरीकिरण डाँगीसमेत उपस्थिति रहेको थियो ।



Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |