हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नयाँघरेको डलरको डायरी विमोचित,(खसखस डट कम समाचारदाता )

काठमाडौं । १७ साउन, २०७१

 नियात्राकार युवराज नयाँघरेको 'डलरको डायरी' नियात्रा संग्रहको विमोचन सम्पन्न भयो । राष्ट्रकवि माधव घिमिरेले उक्त नियात्राको विमोचन गर्नु भएको थियो ।
विमोचित कृति माथि आफ्नो मन्तब्य राख्दै घिमिरेले भन्नुभयो– ‘विशिष्ट भाषा र शैलीको जादुगरी लेखन डलरको डायरीमा छ । यो कृतिले नेपालीलाई अमेरिकाका सबै खाले तस्वीर देखाउँछ ।’
घिमिरेले प्रशंसा गर्दै भन्नुभयो– ‘सुक्तिमय भाषा र नेपाली भाषाको सुन्दरताको चोखो नयाँपनको लागि नयाँघरेको लेखनी पढ्नै पर्छ ।’
विमोचित कृतिको समिक्षा गर्दै डा. नारायण चालिसेले भन्नु भयो– ‘अमेरिकाको नदेखिने तस्वीरलाई यहाँ लेखकले उतारेका छन् । यो कृतिले यात्रा लेखनको परम्परागत धारणा भत्काएको छ । कला र शैलीको उच्चतम् नमूना यहाँ भेट्न सकिन्छ ।’
कृतिकार नयाँघरेले लेखनमा विविधताकै कारण यो कृति लेखेको हूँ भन्नु भयो । नयाँघरेले अमेरिकाको भौतिक विकास मात्रै होइन, दक्षिणपूर्वी एशियाको चरित्रलाई उतार्न यो कृतिमा मेरो प्रयास भएको छ ।
समारोहमा सुरेश श्रेष्ठ, मणि लोहनीले पनि बोल्नु भएको थियो । रत्न पुस्तक भण्डारद्वारा प्रकाशित उक्त पुस्तकमा २७ वटा नियात्रा रहेका छन् । मदन पुरस्कार विजेता नयाँघरे झर्रो र ठेट लेखनशैलीका कारण लोकप्रिय लेखक मानिन्छन् । उनका यस अघि नै १२ वटा निबन्धका पुस्तकहरु आइसकेका छन् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |