हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पारिजात, हरिभक्त कटुवाल र मितेरी सम्मान समापन समारोह ,(खसखस डट कम समाचारदाता )



आदिकवि भानुभक्त आचार्यको २०१ औँ जन्म जन्मजयन्तीको अवसर पारेर प्रत्येक वर्षजस्तै यस वर्ष पनि मितेरी नेपालले असार २० गते साहित्यिक कार्यक्रम आयोजना, मितेरी पत्रिकाको विमोचन र साहित्य सम्मान प्रदान गरियो । मितेरी नेपालको उपाध्यक्ष महेन्द गुरुङ्ग सभापतित्वमा र पूर्व कुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख अतिथिबाट मितेरी पत्रिकाको बिमोचन गर्नुका साथै कवि तथा गीतकार कालीप्रसाद रिजालाई पारिजात स्मृति मितेरी प्रतिभा सम्मान, सहित्यकार मुक्ति उपाध्याय बरालाई हरिभक्त कटुवाल स्मृति मितेरी प्रतिभा सम्मान, साहित्यकार लक्ष्मी उप्रेती र जयप्रसाद दाहाललाई  मितेरी साहित्य सम्मानले सम्मानित गरियो । सम्मानित व्यक्तित्वहरूको बारेमा साहित्यकार कलाधर काफ्लले बोल्नु भयो ।
उक्त कार्यक्रमा संस्थाका महासचिव ललिता ‘दोषी’ले स्वागत मन्तव्य र कवि भुवनहरि सिग्देल, नारायण निराशी सुदेश सत्याल,मेनका पोखरेल,प्रीति कौर,उर्मिला पन्त पाण्डेय, शैलजा गनुरेललगायतले कविता वाचन गर्नुको साथै शम्भु गुरागाईंले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन कवि यादव भट्टराईबाट सम्पन्न भएको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |