हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

प्रलेस रोल्पाको अध्यक्षमा नवीन ,(खसखस डट कम समाचारदाता )

रोल्पा, २१ असार ।
प्रगतिशील लेखक सङ्घ नेपाल रोल्पा शाखाको तेस्रो जिल्ला अधिवेशन शनिबार लिबाङमा सम्पन्न भएको छ । अधिवेशनले नवीन लोचनमगरको अध्यक्षतामा १ सदस्य पछि थप्ने गरी ११ सदस्यी नयाँ कार्यसमिति चयन गरेको छ । जिल्ला शाखाको उपाध्यक्षमा आशिष क्षेत्री, सचिवमा देवी गुरुङ, सहसचिवमा खबपु चञ्चल मगर, कोषाध्यक्षमा प्रतीज्ञा बुढामगर रहेका छन् । त्यस्तै सदस्यहरुमा इन्द्र प्रियासन, नारायणी डाँगी, दर्शना तिरुवा, अशोक वली र नरेन्द्र प्यासी मगर रहेका छन् ।
प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष हिरामणि दुःखीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो । तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केन्द्रीय उपाध्यक्ष दुःखीले लेखकहरु सधैं जनताको पक्षबाट लडिरहनुपर्ने बताए । राजनीति समाज विकासको आधार नै भएकोले राजनीतिक दललाई विग्रन नदिन कलमका माध्यमबाट खबरदारी गरिरहनुपर्ने समेत उनले बताए ।
नवीन लोचनमगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको अवसरमा राजनीतिक दलहरुका तर्फबाट मनसिं डाँगी, पूर्ण केसी, फविन्द्र आचार्यले बोलेका थिए । त्यस्तै कार्यक्रममा डी.बी. टुहुरो, गौरीकिरण डाँगी, भगवती बुढामगर, गोकर्ण पुन, महेश न्यौपाने, मौसम रोकामगर लगायतले शुभकामना मन्तव्य दिएका थिए । देवी गुरुङको सञ्चालमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य लोक आलोकले दिएका थिए ।
सोही अवसरमा खुल्ला गद्य कविता वाचन प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा रविन्द्र सुनार प्रथम, खबपु चञ्चल मगर द्वितीय र इन्द्र प्रियाशन तृतीय भएको छन् । प्रतियोगितामा १० जनाले भाग लिएको आयोजकले जनाएको छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |