हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष,(खसखस सम्वाददाता)

काठमाडौंं, २०७१ जेठ ३०
 त्रिमूर्ति निकेतनले नेपाली साहित्यका अमर प्राज्ञ डा.सत्यमोहन जोशीलाई पाँच लाख रुपियाँ राशिसहित शताब्दी पुरुषको सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
 त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।
निकेतनले प्रा.डा.उषा ठाकुरको अध्यक्षतामा सत्यमोहन जोशी शताब्दी महोत्सवको गठन गरिसकेको छ । गत वैशाख ३० गते जोशीको पञ्चानब्बेऔं शुभजन्मोत्सवका अवसरमा शताब्दी महोत्सवको आरम्भ गरिएको थियो ।
जोशीको शताब्दी महोत्सवका लागि देशदेशान्तरबाट अभिनन्दनपत्रहरू प्राप्त हुने भएका छन् । आगामी साउनमा उहाँलाई पाँच लाख रुपियाँ राशिसहित शताब्दी पुरुषको सम्मान प्रदान गरिने कार्यक्रम रहेको छ ।

             (नरेन्द्रराज प्रसाई)
              सदस्यसचिव
               त्रिमूर्ति निकेतन

(खसखस डट कमको पाहुनासँग खसखस स्तम्भमा पाहुना बही सक्नु भएका जोशीलाई खसखस डट कम परिवार बधाई ज्ञापन गर्दछ र त्रिमूर्ति निकेतनलाई धन्यवाद भन्न चाहन्छ)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |