हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचको स्थापना ,(खसखस सम्वाददाता)

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचको स्थापना:

साहित्यका विभिन्न विधाहरुको माध्यमवाट महिलाका हकहित र उत्थानमा सहयोग पुर्याउने अभिप्रायले अमेरिकामा “अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंच” स्थापना भएको छ। नेपालीहरु विश्वभरी छरिएर रहेको वर्तमान परिस्थितिमा नारीहरुको ठुलो संख्या नेपाल वाहिर पनि  भएकोले नारीलेखनलाई समेट्ने यसप्रकारको संस्थाको आवश्यकता महसुस गरी स्थापना भएको यो संस्थाले विशेषगरी सम्पुर्ण नारीजातीका समस्यालाई सम्वोधन गर्ने छ। नारीवर्गका सामाजिक ,धार्मिक र संस्कारगत अपठ्यारा र उत्पीडनका बिषयहरुलाई साहित्यिक अभिव्यक्तिका माध्यमवाट नै समाजमा चेतना जगाउन प्रयास गर्ने यसको मूल मन्त्र रहेको छ |

समाजको झन्डै आधा जनसंख्या नारी हुनु  र बालबालिकाको  पहिलो शिक्षक पनि नारी नै भएको तथ्यलाई ध्यानमा राख्दा एउटी नारी पिडित हुनु भनेको त्यो समाज पिछडिनु हो | यस सन्दर्भमा नारी चेतनाद्वारा मात्र  समाजको विकास संभव भएकोले यो संस्थाले  नारी समस्या संबोधनलाई प्राथमिकता दिएको हो। संसारभरीकै नारीले शिकार हुनु परेको वलात्कार बिषय माथि संस्थापनको पहिलो वर्ष आफ्नो लेखन र  कार्यक्रमलाई केन्द्रित गर्दै आफ्ना साहित्यिक गतिविधिहरु संचालन गर्ने निर्णय  पनि गरेको छ।

नारीका समस्यालाई लिएर यसअघि पनि प्रसस्त लेखिएको छन् तर  एउटै समस्या माथि सामुहिक लेखन संवोधन हुन सकेमा यसको आवाज निति निर्धारण तह सम्म समेत पुग्न सक्ने तथ्यलाई मननगरि , एकपटकमा एउटा समस्या माथि केन्द्रित भई त्यो वर्षका लेखन, प्रकाशन र छलफल गरिने लक्ष्य राखिएको हो |

नारीका समस्या समाधान र नारी चेतना जस्ता विषयमा लेखिएका अन्य भाषाका पुस्तक नेपाली भाषामा अनि नेपाली भाषाका पुस्तक विश्वका अन्य भाषामा अनुवाद गर्ने देखि लिएर वेला वेला नारी साहित्य सम्मलेन, गोष्ठि, अन्तर्क्रिया, रेडियो एफ एम र प्रतियोगितात्मक कार्यक्रमहरुका साथै पुस्तक प्रकाशन जस्ता साहित्यिक गतिविधि सहित यो संस्था नेपाली साहित्यको नारी लेखनलाई एउटा नया दिशा प्रदान गर्न क्रियाशील रहनेछ।

नारी समस्याहरु मध्ये हरेक बर्ष तोकिएको बिषयमा स्थलगत अध्ययन गरि त्यसवारेको पुस्तक लेखनको निम्ति ‘फेलोसिपको’ पनि ब्यबस्था गरिने छ | उपरोक्त उद्देश्यहरु परिपूर्तिको लागि अन्तर्राष्ट्रिय नेपाली नारी लेखन  मंचको निम्न पदाधिकारीहरु सहितको एक कार्यकारी समिति गठन गरीएको छ । नीलम कार्की निहारिका (अमेरिका) अध्यक्ष , भारती गौतम (अमेरिका ) उपाध्यक्ष,सिता पाण्डे (अमेरिका ) उपाध्यक्ष , सिता खरेल (अमेरिका ) महासचिब, उषा ज्ञवाली ( अस्ट्रेलिया ) सचिब, निर्मला खड्का (ईजरायल ) कोषाध्यक्ष, र सदस्यहरुमा क्रमश: आचार्य प्रभा (अमेरिका ) ,गीता पन्थ (अमेरिका ), ज्योति पौडेल (अमेरिका ), नम्रता गुरागाई (अमेरिका ),संगीता मरहठा (यु के ), डा.शान्ति छेत्री (भारत), सीता सापकोटा ( बेल्जियम ) ,सुमित्रा पौडेल ‘आचल’( ईजरायल ), र सरु पोखरेल (नेपाल } रहनु भएको छ | भबिस्यमा अन्य देशहरुमा पनि यस लेखक मंचलाई बिस्तार गर्दै ,च्याप्टर गठन गर्ने योजना रहेको छ | साथै यसमा सवैको सहयोग, सल्लाह र सुझावको अपेक्षा राखिएको छ ।


सीता खरेल ,महासचिब
अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंच 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |