हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सत्यमोहन जोशीको शताब्दी महोत्सव,(खसखस सम्वाददाता)



काठमाडौं, २०७१ वैशाख ३०

त्रिमूर्ति निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व सत्यमोहन जोशीलाई ‘शताब्दी पुरुष’ घोषणा गर्दै उहाँको पञ्चानब्बेऔं शुभजन्मोत्सवका अवसरमा आजदेखि शताब्दी महोत्सवको आरम्भ गरेको छ ।

त्रिमूर्ति निकेतनद्वारा आयोजित एक समारोहमा महोत्सवका अध्यक्ष प्रा.डा. उषा ठाकुरले जोशीलाई माल्यार्पण गरी शताब्दी पुरुषको घोषणा गर्नुभयो । समारोहमा भारतीय नेपाली साहित्यकार नरबहादुर दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी केन्द्रीय अध्यक्ष अमेरिकेली नेपाली साहित्यकार गीता खत्री,   डा.मोदनाथ प्रश्रित, डा.रामभक्त ठाकुर, गङ्गाप्रसाद उप्रेती, हरिहर विरही, शान्ति मिश्र, उषा शेरचन लगायत त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईले पनि शुभकामना मन्तव्य प्रकट गर्नुभयो ।



Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |