हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

२१औ कोठे कविता गोष्ठी सम्पन्न,(बासु श्रेष्ठ)

सन् २०१० डिसेम्बरदेखि शुरु भएको प्रत्येक दुइ दुइ महिनामा हुने कोठे गोष्ठीको २१सौ शृंखला अप्रिल २६, २०१४ कादिन सदस्य कल्पना सुबेदीको साउथ राइड़ीङ्ग स्थित घरमा सम्पन्न भयो |
हलुका खाजा पश्चात शुरु भएको गोष्ठीको पहिलो चरणको कविता वाचन र त्यसप्रति टिप्पणी गरिएको थियो | त्यसै गरि दोश्रो चरणको कविता वाचनपछि रात्री भोजनको व्यवस्थापनि गरिएको थियो |
सदस्य कल्पना सुवेदीले सबैलाई स्वागत मन्तव्यकासाथ पहिलो चरणको कविता वाचन आरम्भ गरेपछि क्रमशः नारायण अधिकारी, प्रेम संग्रौला, प्रकाश नेपाल, गोपाल रेग्मी, शरद निरोला, सुदिपभद्र खनाल, बसन्त श्रेष्ठ, बासु श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, भीम रेग्मी (अतिथि, नीरा शर्मा (अतिथि), मंजु निरोला (अतिथि), रजनी श्रेष्ठ, हरि भट्टराई (अतिथि), रामप्रसाद खनाल तथा रविन्द्र श्रेष्ठ (अतिथि)ले आआफ्ना कविता वचन गरेका थिए | स्मरण रहोस्, यी वाचन गरिएका कविताहरू दुइ महिना पुरानो हुनुहुन्न |
यस गोष्ठिमा नेपालमा २०५४ सालदेखि वरिष्ठ साहित्यकार कमलमणि दिक्षितको संरक्षकत्वमा कोठे कविता गोष्ठी संचालन गर्दै आउनुभएका छन्दका ज्ञाता र आधुनिक आशु कविका रुपले चिनिने रमेश खकुरेलको पनि उपस्थिति रहेको थियो | वहाँले समयाभावको कारणले पहिलो चरणको कविता वाचनको विचमा यो गोष्ठीमा आफु सहभागी हुन पाएकोमा खुशी मान्दै केहि गजल र कविता सुनाएर जानु भएको थियो |
हेक्का राख्नु पर्ने कुरा के हो भने वहाँद्वारा संचालित कोक गोष्ठीमा छन्दका कविताहरूमात्र पढिन्छ | नयाँ पुरानो दुवै पढ्न पाइन्छ र निश्चित अवधिमा हुने गरेको पाइंदैन | तर डिसीमा हुने यस गोष्ठिमा भने छन्दको कुनै बाध्यता छैन भने दुइ महिनाको कविताकासाथ हरेक दुइ दुइ महिनामा नियमित रुपले हुने गरेको छ |
सो गोष्ठीमा वरिष्ठ पत्रकार तथा प्राध्यापक अनि युग सम्वादका प्रधान सम्पादक सोमनाथ घिमिरेले आफुले सुनेका कविताहरुको बारेमा विचार राख्दै यताबाट सिर्जित साहित्यमा यताकै परिवेश र विवरण भए राम्रो संदेश सम्प्रेषण हुने सल्लाह दिनुभयो |
थप फोटोहरुकालागी https://www.facebook.com/basushrestha/media_set?set=a.10203972072533084.1073741840.1560838344&type=3&uploaded=16 मा क्लिक गर्नुहोस् |



 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |