हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अब हामीसंग कृष्ण प्रसाद पराजुलीको आवाज र सम्झनामात्र रहेको छ,(खसखस सम्वाददाता)


वरिष्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको ७९ वर्षको उमेरमा काठमाडौँको अस्पतालमा निधन भएको छ
| मधुमेह, मिर्गौला तथा निमोनिया रोगले ग्रस्त वहाँले नेपाली भाषाको ठुलो सेवा गर्नुभएको छ | राम्रो रचना, मीठो नेपाली लगायत वहाँका प्रकाशित कृतिका नामावली निम्न अनुसार रहेको छ:


१) पन्ध्र तारा र नेपाली साहित्य-जीवन संग्रह-वि.स.२०२४

२) नौबेली-कथा संग्रह -वि.स.२०२८
३) सय थुङ्गा फुल-कविता संग्रह-वि.स.२०४४
४) आँखाभरि सपना मुटुभरि गीत-गीत संग्रह
५) भाषाको माया-भाषिक अनुसन्धान-वि.स.२०४४
६) नेपाली अध्ययन तथा अभिव्यक्ति-भाषा-वि.स.२०२७
७) प्रयोगात्मक भाषात्व नेपाली-व्याकरण-वि.स.२०३५
८) राम्रो रचना मीठो नेपाली-व्याकरण-वि.स.२०२३
९) नेपाली उखान र गाउँखाने कथा-संग्रह-वि.स.२०३९
१०) पूर्व एक नम्बर-स्थान परिचय-वि.स.२०२२
११) बादलका बुट्टाहरु-कविता संग्रह-वि.स.२०४५
१२) फूलपात निबन्ध र पत्र परिचय -वि.स. २०४४
१३) जूनतारा - बालकाव्य-वि.स.२०४५
१४) सुनकेस्रा-बालकथा संग्रंह-वि.स.२०२८
१७) सुनौला तीन कुरा-बालकथा संग्रह-वि.स.२०२७
१८) रमाइला नानी-बाल कविता संग्रह-भाग १ र २ वि.स.२०२२ मा र तेस्रो-वि.स.२०२७
१८) रमाइला नानी-बाल कविता संग्रह-वि.स. २०२२ मा र तेस्रो वि.स. २०२५ मा
१९) हिमाली डाँफे-बालकथा संग्रह-वि.स.२०४४
२०) सात गेडकिो कथा-कथा संग्रह-वि.स.२०२५ मा
२१) नेपाली व्यवहारिक व्याकरण-व्याकरण-वि.स.२०२३


सन् २००९ मा अमेरिकाको भ्रमणको अवसरमा खसखस डट कमको पाहुना भइ सक्नु भएका पराजुलीको निधनमा खसखस परिवार गहिरो शोक प्रकट गर्दछ | यस दुखद घडीमा वहाँका परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने पनि कामना गर्दछ |
साहित्य सम्बन्धि खसखस डट कमसंग भएको कुराकानी सुन्न यहाँ जानुहोला:
http://www.khasskhass.com/audio/finalkrishnaprasadparajuli.mp
3

Comments

prajwal raj paudel

yo ta tapai ko prativa ho jun aajako hoina tara tapai jasto manche yo des lai kacho cha hamilai malai kacho cha hamile tapai bata kehi lina sakenau tpaile hamro baba bata siknu bhayo tara aba hamilai tapiako kami cha.

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |