हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बाल्टिमोरमा अनेसासको सम्मान कार्यक्रम,(खसखस सम्वाददाता)

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाल्टिमोर च्याप्टरको आयोजनामा शनिवार बाल्टिमोरस्थित माउन्ट एभरेस्ट रेस्टुरेन्टमा शीतकालीन कविता गोष्ठी एवं वरिष्ठ साहित्यकार लीला लुइटेलको सम्मान कार्यक्रम सम्पन्न भयो । सो समारोहमा अवैतनिक वाणिज्य दूत प्रेमराजा महत, अनेसास बोर्ड अफ ट्स्टीका अध्यक्ष होमनाथ सुवेदी, अनेसास बाल्टिमोरका च्याप्टरका अध्यक्ष तीर्थराज पाण्डे र डा. श्याम कार्कीले संयुक्त रुपमा अनुसन्धाता एवं समालोचक लीला लुइटेललाई सम्मान गर्नु भएको थियो । सम्मानित व्यक्तित्व लीला लुइटेलका बारेमा साहित्यकार गुणराज लुइटेलले प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि तथा सम्मानित व्यक्तित्व लीला लुइटेलले प्रवासमा आएर नेपालीहरु राजनैतिक सिद्धान्त, जाति आदिका आधारमा विभाजित नभई एक भएर नेपाली अस्तित्व जोगाउनु पर्ने कुरा बताउनु भयो । नेपालबाट आएर विदेशमा बसोबास गर्नेहरुले नेपालीको अस्तित्व बचाइराख्न दोस्रो पुस्तालाई नेपाली भाषा हस्तान्तरण गर्नु आग्रह गर्दै डायस्पोरा शब्दलाई विवादमा नल्याई सहर्ष यसको प्रयोग आफुले गरेको र अन्यले पनि गर्नुपर्ने धारणा राख्नुभयो ।

आफ्नो मन्तव्य दिनुहुँदै अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले साहित्य, कला, संस्कृतिमा अमेरिकाको बाल्टिमोर क्षेत्र निकै अगाडि रहेको अब नेपालीहरु अमेरिकी राजनीतितर्फ पनि संलग्न हुन थालेको कुरा बताउनु भयो ।  कार्यक्रममा स्वागत मन्तव्य दिनुहुँदै डा. श्याम कार्कीले अनेसासजस्तो साहित्यप्रति समर्पित संस्थाले नेपालीद्वारा अन्य भाषामा लेखिएका साहित्यलाई पनि खोजी गर्नुपर्ने साथै नेपाली साहित्यको व्यापक रुपमा अनुवाद हुनुपर्नेमा जोड दि“दै त्यसका लागि आवश्यक सहयोग गर्न आपूm तयार रहेको कुरा बताउनु भयो ।
अनेसासका संस्थापक अध्यक्ष एवं बोर्ड अफ ट्रस्टीका अध्यक्ष होमनाथ सुवेदीले प्रजातान्त्रिक पद्धतिबाट अनेसासको निर्वाचन प्रक्रियामा सहभागी भई निर्वाचन सम्पन्न गर्न डायस्पोरा र मातृभूमिमा रहेका सबै साहित्यकारलाई आग्रह गर्नुभयो । सुबेदीले लेखेको  हालै प्रकाशित "नेपाली लोक कथाको परम्परामा छन्त्याल लोक कथाको अध्ययन" पुस्तक देखाएर भन्नुभयो : यो अनेसासले नेपाल अरु जनजातीय भाषाको पनि सेवा गर्छ भन्ने कुराको प्रमाण हो।  साथै उहाले अनेसास केन्द्रको निर्वाचन नजीक आएको छ यसमा मतदाता सुची , लेखा र आचार संहितामा परिमार्जन तथा भानु स्मारक भवन जुन अनेसासको कार्यालय हो त्यसको व्यवस्था गर्न ट्रस्टको स्थापना र सालिकको स्थापना गर्न बिधिविधानको आबश्यकता भएको र यसमा बाल्टिमोरमै श्याम कार्की जस्ता अनुभवी  ट्रस्टी र सलाहकार भएकोले तपाइँहरू  बाल्टिमोरबाट सुझाउ र क्रियाकलापमा सघाउ पुरौनुहुनेछ भन्नु भयो।  उहाले नेपालको सस्कृति मन्त्रालयले गठन गरेको अनेरिकाको भानु द्वीशत वार्षिकी मनाउने  समितलाई सहयोग गर्ने र स्वयम् पनि हरेक सस्थाले यो कार्यर्क्रममा सक्रियता देखाउन अनुरोध गर्नु भयो।

सो अवसरमा नेपालबाट आएका ईश्वरी गौतम, सावित्री अधिकारीलगायत इ.नेपलिज् डट् कमका सम्पादक विश्वराज थापा, प्रा. भीम कट्टेल र लेखक गुणराज लुइटेललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा कविता वाचन गर्नुहुनुहुनेहरुमा पुरु सुवेदी, पारसमणि श्रेष्ठ, सूर्योदय तिम्सिना, कल्पना सुवेदी, विमला निरौला, मोहन निरौला, भीम कट्टेल, ईश्वरी गौतम, सावित्री अधिकारी, श्याम कार्की र प्रकाश नेपाल हुनुहुन्थ्यो भने डी.बी. भण्डारी, चन्द्र विश्वकर्मा, अर्जुन हमालले पनि आप्mना विचार राख्नुभएको थियो ।

सोही अवसरमा प्रिया सुवेदीले सञ्चालन गरेको बालकविता गोष्ठीमा आलोक सुवेदी, विवेचना निरौला, कविता सुवेदी, आकाश सुवेदी र प्रिया सुवेदीले आआफ्ना रचना वाचन गरेका थिए ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |