रोल्पामा प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम गर्ने,(खसखस सम्वाददाता)
रोल्पा, फागुन १८
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पाको लिबाङमा ‘दुई दिवसीय विचार गोष्ठी, अन्तरक्रिया एवं कला साधक सम्मान कार्यक्रम’ आयोजना गर्ने भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको समन्वयमा शनिबार लिबाङमा सम्पन्न बैठकले संयोजन समिति गठन गरिएको छ । यही फागुन ३० र चैत १ गते कार्यक्रम हुने बताइएको छ ।
कार्यक्रम सम्पन्न गर्नकालागि राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोको संयोजकत्वमा १३ सदस्यीय संयोजन समिति गठन गरिएको छ ।
कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नृत्य विभाग संयोजक मिथिला शर्मा, प्राज्ञ सदस्यहरु कविता आलेमगर र यज्ञराज उपाध्याय आउनुहुने कार्यक्रम छ । कार्यक्रममा रोल्पाका ३ जनालाई कलासाधक सम्मान, १२ जनालाई प्रतीक चिन्ह प्रदान कार्यक्रमसमेत रहेको टुहुरोले जानकारी दिए । कार्यक्रमको बारेमा आइतबारको बैठकमा थप छलफल गरिने बताइएको छ ।