हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कोठे गोष्ठीको १९ शृंखला सम्पन्न ,(बासु श्रेष्ठ)

सन् २०१० डिसेम्बरबाट शुरु भएको र प्रत्येक दुइ महिनामा हुने वासिंगटन डिसीको कोठे कविता गोष्ठीको १९औ शृंखला आज जनवरी ११ का दिन सदस्य गोपाल रेग्मीको निवासमा सम्पन्न भयो |
चमेना सेवनपछि स्काईप मार्फत बेलायत निवासी रामहरी पौड्यालको कविता वाचन पश्चात शुरु भएको पहिलो चरणमा आयोजक गोपाल रेग्मी, गोविन्द गिरि प्रेरणा, प्रेम संग्रौला, नारायण अधिकारी, सुदिपभद्र खनाल, शरद निरोला, बासु श्रेष्ठ, बसन्त श्रेष्ठ, होमनाथ सुबेदी, हरि घिमिरे, रजनी श्रेष्ठ, प्रकाश नेपालले क्रमशः पालैपालो कविता वाचन गरेका थिए |
यसै विच अतिथि मंजु संग्रौला तथा नन्दा सुबेदीले गीत प्रस्तुत गरेका थिए भने अतिथि साहित्यकार गुहनाथ पौडेल, नीरा शर्मा, सीता पाण्डे, रविन्द्र श्रेष्ठ तथा मंजु निरोलालेपानि आआफ्ना कविता वाचन गरेका थिए |
प्रचलन अनुसार प्रत्येक कविता वाचनपछि कविताप्रति सबैले आआफ्ना छोटो मन्तव्य राखेका थिए |
पहिलो चरणको कविता वाचन समाप्त भए लगत्तै दोश्रो चरणको कवितापनि वाचन गरिएको थियो | तर यसमा कविताप्रति टिका टिप्पणी भने गरिएको थिएन |
गोष्ठीको अन्त्यपछि रात्रीभोजकोपनि व्यवस्था गरिएको थियो | आयोजक गोपाल रेग्मी तथा वहाँको परिवारलाई आयोजनाकोलागि सबैले धन्यवाद तथा आभार व्यक्त गरे |
अतिथि साहित्यकार गुहनाथ पौडेलले यस १९ औं गोष्ठीमा वाचन गरिएका कविताहरुको संग्रह प्रकाशन गर्ने उदारता प्रदान गर्नु भयो |
गोष्ठीको २० औं शृंखला सदस्य प्रेम संग्रौलाको निवासमा हुने तय भएको छ |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |