हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्रष्टा चौतारीको सोह्रौं शृङ्खला सम्पन्न ,(खसखस डट कम)

रोल्पामा मासिक रुपमा सञ्चालन हुँदै आएको स्रष्टा चौतारीको सोह्रौं शृङ्खला शनिबार लिबाङमा सम्पन्न भएको छ । महिनाको १५ गते आयोजना हुने यस कार्यक्रममा २ वटा लोकदोहोरी गीतको समेत लोकार्पण गरिएको छ । कार्यक्रममा कुञ्जसिं बुढामगरको ‘जवानी छदै’ र तिलक रोकामगरको ‘रोल्पाली नानी’ बोलको लोकदोहोरी गीतको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा प्रलेस नेपालका केन्द्रीय सदस्य गौरीकिरण डाँगीले गरे । ‘जवानी छँदै’ गीतको समीक्षा डी.बी. टुहुराले र ‘रोल्पाली नानी’को समीक्षा दीपु दर्पनले गरेका थिए । 
विष्णु पुनमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि गौरीकिरण डाँगी, राप्ती साहित्य परिषद् रोल्पाका अध्यक्ष डी.बी. टुहुरो, ललित साहित्य परिषद् रोल्पाका अध्यक्ष ओम पन्छी, साहित्यकार लोक आलोक लगायतले मन्तव्य तथा रचना वाचन गरेका थिए । त्यस्तै कार्यक्रममा रवीन्द्र सुनार, चमेली सौदामिनी, सागर अविरल जिसी, कुञ्जसिं बुढामगर, नरेन्द्र जिएम वैरागी, कमला विधुमगर, बन्दना घर्तीमगर, हरिसरा घर्तीमगर, लोकेन्द्र सेन, विष्णु सन्यास मगर, राजविक्रम बुढामगर, दीपक विरही पुन, नारायण रेग्मी, जीवन जलन विसी, मोतिराम झाँक्री, केवी घर्ती रोल्पाली घायल, कर्ण खड्का अनुरागी, तिलक रोकामगर, जुनु प्रियसी लगायतले आआफ्नो रचना वाचन गरेका थिए । 
‘स्रष्टा चौतारी’ कार्यक्रमको बीचमा स्टार युवा क्लबले गीत लोकार्पण कार्यक्रम जोडको हो । स्टार युवा क्लवका संस्थापक अध्यक्ष लालबहादुर पुनमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केवी विरही र खबपु चञ्चल मगरले गरेका थिए । 
यसपटकको ‘स्रष्टा चौतारी’को संयोजन ललित साहित्य परिषद्ले गरेको हो भने १७ ‘स्रष्टा चौतारी’को संयोजन प्रलेश रोल्पाले गर्ने निर्णय भएको छ । पुस १५ गतेको ‘स्रष्टा चौतारी’ गुरुङगाउँमा आयोजना गरिने आयोजकले जनाएको छ । 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |