राता बाकसभित्रका सून्दरीहरु,(बिनोद खड्का)
साँझले
रंग भर्दै थियो । बिजुली बत्तिको प्रकाश फाटृफुटृ शुरु भैसकेको थियो ।
आगन्तुकहरुको संख्यामा पनि क्रमिक रुपमा बृद्धि भैरहेको थियो । जापानिज
पर्यटकहरुको एउटा झुण्ड झण्डा बोकेर अघि अघि हिडिरहेको तीनका नाईकेका पाईलाहरुलाई
लाईनबद्ध हुँदै पछ्याउदै थियो भने अर्कोतिर तीनका आँखाहरु भने छेवैका घरहरुको
द्धारहरुमा मुश्कुराई रहेका यूवतीहरुका योवन चोर्न पनि भ्याँईरहेका थिए । यो
रमाईलो द्धष्यले मेरो ध्यान काफी समयसम्म तानिरह्यो ।
बिचमा
क्यानेल हलुका बहाउमा छ । त्यसै क्यानेलको दुइ किनारामा फराकिला पैदल बाटोहरु छन ।
ती दुबै साईडका फराकिलो पैदल बाटोहरुको एक छेउमा घरहरु लाईनबद्ध भएर ठडिई रहेका छन
मानौ जो बर्षौदेखि यो क्षेत्रका तमासाहरुका मुकदर्शक हुँन । ती पैदल बाटोहरु ठाँउ
ठाँउमा तीनै घरहरुको पक्तिलाई चिर्दै बनेका साना गल्लीहरुसंग पनि जोडिन्छन । तीनै
पैदल बाटोमा टाँसिएर लमतन्न बसेका घरहरु र भित्री गल्लीका घरहरुका साना राता
द्धारहरुमा आफ्ना ग्राहकहरुको प्रतिक्षामा बसेका सुन्दरीहरुलाई प्रष्ट रुपमा देख्न
सकिन्छ । ती केवल विकनीमात्र लगाएका अर्धनग्न सून्दरीहरुका आँखाहरु तीनै बाटो भएर
अगाडी बढ्ने पैदल यात्रुहरु अर्थात सम्भावित ग्राहकहरुको ध्यान खिच्न प्रयासरत
देखिन्छ । उनीहरु आँखा बिछ्याउँदै र शारिरिक हावभावका माध्यमबाट ग्राहकहरुलाई
आफुतिर आकर्षित गर्न प्रयासरत देखिन्छन । यो प्रकृया नयाँ होईन, बर्षौदेखि अझै भनौ दशकौदेखि चलिरहेको छ
भनेर सहजै मान्न सकिन्छ ।
हो,
यो क्षेत्र
युरोपियन राष्ट्र् दि निदरल्याण्डसको अमास्टर्डम शहरमा अवस्थित रेड लाईट
डिस्ट्र्क्टिको जहाँ देह व्यापारी र तीनका ग्राहकहरुबिच एउटा सम्झौता हुन्छ,
संगम हुन्छ
जसलाई कतिपय मान्छेहरु नराम्रो मान्छन भने कतिपय मान्छेहरु यो केवल प्राकृतिक कुरा
हो भनेर भन्ने गर्छन । दुबै तर्फका आआफ्ना तर्कहरु होलान तर यथार्थ के हो त्यो सधै
तीतो हुँन सक्छ, मीठो
बिरलै होला । एम्सटर्डामको डे वालेन De Wallen
भन्ने
ठाँउ संसारभर प्रसिद्ध रेड लाईट क्षेत्र हो । भनिन्छ कि पर्यटकहरु केवल यही रेड
लाईट क्षेत्रको सेवाका लागी मात्र पनि यहाँ आई पुग्छन ।
यो
क्षेत्रको अवलोकन गर्ने रहर थियो । त्यसैले म पनि साँझ नझर्दै आईपुगें । क्यानलको
किनारै किनारा दुबै क्षेत्रको कम्तीमा पनि दुई पटक अवलोकन गरे । हरेक गल्लीका हरेक
राता द्वारहरु पनि मेरा नजरबाट छुटेनन भन्ने मलाई लाग्छ ।
जब साँझ छिप्पिदै जान्छ तब क्यानल छेउका वाटोहरुमा आगन्तुक पैदल यात्रीहरुको
संख्या पनि बढ्दै जान्छ । छेवैका द्धारहरुको प्रकाश अझै गाढा रातो हुँदै जान थाल्छ
। केवल दुइ साना टुक्रा लुगाहरुले आफ्ना गुप्तांग ढाकेर ग्राहक तान्ने
प्रतिस्पर्धामा जुटेका ती युवतीहरु यस्तो लाग्छ कि ती मान्छे नभएर अरुका
मनोरन्जनका लागी राखिएका साधानहरु हुन या त ठुला खेलौनाहरु हुन जो योन प्यास
मेटाउन आतुर मान्छेहरुका लागी लक्षित गरिएको होस । या त तीनिहरु चिडिया खानामा
जस्तै मानव खानामा राखिएका मान्छेहरु हुन जसलाई हेर्नका लागी मात्रै पनि हजारौ
मान्छेहरु आउछन र भोग्नका लागी पनि केही आउँछन । मैले ती सून्दरीहरुलाई अरु नै
संज्ञा दिएकामा म क्षमाप्रार्थी छु । म क्यानेल जोड्ने एउटा पर्खालमा आड लागेर
सोच्न थाल्छु कि यो व्यापार हो, यो मनोरन्जन हो, या विवसता हो । मान्छेले मान्छेलाई
खेलौना बनाएको वा मनोरन्जनको साधन बनाएको जस्तो महशुस हुन्थ्यो । हेर्ने र
हिड्नेहरुको भीड लागेको छ तर ती राता ढोका खोलेर भित्र पस्नेहरुको संख्या भने कमै
छ । ज्यादै कम छ । त्यसो त मूल्य पनि त कम रहेनछ, पुरै युरो पचास, नेपाली रुपैयामा कन्भर्ट गर्ने हो भने
झण्डै सात हजार रुपैया पो हुँदो रहेछ त ।
यो
क्षेत्रभर सेक्स सप, सेक्स
म्युजियम, नसालु
धुवाका पसलहरुमात्रै देखिन्थे । ती हरेक पसलहरुमा युवा युवतीहरुको उत्तिकै
उपस्थिती थियो ।
कोही
कोही लोग्ने मान्छेहरु ती केटीहरुसंग बात गरिरहेका थिए । सायद कोही मोलमोलाई
गरिरहेका पनि हुँदा हुँन । कसैलाई ती सून्दरीहरुसंग बात मार्ने रहर होला कसैलाई
योन प्यास मेटाउने रहर होला । कसैलाई हेरेरै चित्त बुझाउने रहर होला । मैले पनि ती
केटीहरु सामु मेरा केही जिज्ञासाका पोकाहरु फुकाए । उनीहरुले जवाफ दिए । डचभूमिमा
देह व्यापार गरेर बसेका ती केटीहरुमा अधिकांस पूर्वी युरोपबाट आएका रहेछन ।
म भने
हिँड्दै र ठाँउ ठाँउमा रोकिदै वरिपरीका तमासाहरु हेर्थे । कहि कही कोही केटाहरु
फुत्त एउटी केटीको पछि पछि लाग्दै भित्रतिर छिर्थे । बाहिर एक ढोका सिसाले छेकिएको
छ अनी त्यही सिसा पछाडी युवती या त उभिएर ग्राहक तान्न अनेक हावभाव गरिरहेकी
देखिन्छे भने कोही युवतीहरु त्यत्तिकै उभिई रहेका छन भने कतै कोही बसिरहेका पनि छन
। भित्र एउटा सानो कोठा छ अनि भित्तामा एउटा बेड पनि देखिन्छ । सुने अनुसार त्यो
द्धार र क्याबिन देहव्यापारी युवतीहरुले भाडमा लिएको हो रे । द्धारमा रातै पर्दा र रातै प्रकासको
व्यवस्था गरिएको रहेछ ।
हेर्दा
हेर्दै एउटा रातो ढोकाबाट एउटा अग्लो पातलो केटो फुत्त बाहिर निक्लियो । तुरुन्तै
वरिपरिका तमासेहरुको ध्यान त्यो केटातिर लक्षित भयो । तर त्यो केटो भने अनुहार
लुकाउँदै एउटा फलामे बारको नजिक पुग्यो जहाँ उसको साईकल राखिएको थियो । उ साईकल
चढ्यो र तुफान अगाडी बढ्यो । यस्तो लागथ्यो कि मानौ उसले कुनै काम बिगारेको छ र उ
यहाँबाट भागिहाल्न चाहन्छ । वेश्यागमन साच्चै नै लज्जास्पद काम हो या गलत हो भने
कुनै कुनै सरकारले किन यो व्यवसायलाई त्यसरी अनुमती दिएका छन । यदी यो गलत होईन
भने किन कतिपय देशहरुमा अझै यो व्यावसायलाई गैरकानूनी मानिन्छ । तर यसलाई कानुनी
मान्यता दिएकै देशहरुमा पनि यसका सेवाग्राहीहरुमध्येमा धेरैले यसलाई गतल मानेकै
कारण होला उनीहरु लुकीलुकी भित्र पस्छन अनि लुकीलुकी नै बाहिरिन्छन । हरेक देश र
समाजमा हरेक कुराहरुलाई हेर्ने आआफ्नै द्धष्टिकोणहरु हुन्छन । त्यसैले कुनै समाजमा
यो अपनाईएको र कुनै समाजमा बहिष्किृत गरिएकोमा बहस गरिरहनु पर्ने जरुरी भने छैन ।
यदी
यो लज्जास्पद होईन भने किन मान्छेहरु तमासे बनेर बाहिर बसेर तमासा हेर्छन तर भित्र
पस्न सक्दैनन । यी सबै द्धष्यहरु हेर्दा मलाई के लाग्छ भने तमासेहरुका लागी यो एक
प्रकारको बिमारी हो जो युवतीहरुको अर्धनग्न स्वरुप देखेपछि आनन्दीमा परिवर्तन
हुँन्छ । कोही कोही त यो बिमारीको ईलाजस्वरुप ती युवतीहरुसंग गफमात्रै भए पनि
मारीरहेका हुँन्छन । त्यसैले होला बेलायततिरका देहव्यापारीहरु फोनमा लामो कुरा
गर्दैनन रे बरु शुल्क र स्थान मात्रै तय गरेर फोन डिसकनेक्ट गर्छन रे ।
भिडभाडबाट
पन्छिदै अगाडी बढ्दै थिए, अचानक झस्किनु पर्यो । एउटी युवती त्यो रातो
ढोकाको सिसाबाट नै निक्लियुला झै गरी भित्रैबाट अगाडी बाटोमा हिडिरहेको कसैलाई
झम्टिने प्रयास गरिरहेकी थिई । मेरो ध्यान पनि त्यतै खिचियो । एउटा केटीले उसको
केटाको छेको परेर त्यो क्षेत्र र ती देह व्यापारीहरुलाई आफ्नो भिडियो क्यामेरामा
कैद गर्दै रहिछ । हरेक रातो बाकस जस्ता ढोकाहरुमा फोटो र भिडियो खिच्न मनाही
गरिएको सूचना देखिने गरी नै टाँसिएको छ । तैपनि त्यो केटीले भिडियो खिच्नुको रहस्य
मैले पनि बुझ्न सकिन । तर त्यो केटी र उसको केटो क्षणभरमै फटाफट अगाडीतिर लागे ।
म
क्यानलको पुलको एकछेउमा उभिएर यी तमासाहरु हेरिरहँदा अनायासै एकपटक वरिपरि उभिएका
सबैले म तर्फ ध्यान दिए । म झसंग भए । किन यीनिहरुले मलाई ध्यान दिए भनेको त पर
एउटा द्धारमा खडा भएकी बैंश बेच्ने सून्दरीले मलाई बोलाई रहेकी रहिछ । उसले जसै चश्मा
लगाएको मान्छे भनेर ईशारा गरेकी रहिछ तब सबैका ध्यान मतर्फ दौडिएको रहेछ । उसले
मलाई यसरी बोलाई कि मानौ मेरो र उसको बर्षौको पहिचान छ अर्थात म उसको नजिकको
परिचित हुँ । आज्ञाकारी बालक झै म पनि तीे सून्दरी भए तर्फ नै लम्किए । उसले मलाई
भित्र आउनका लागी भनी । मैले आफु लज्जाएको अनुमान गरे । ती सुन्दरीका एक जोर कामुक
आँखाहरुले मलाई डस्दा म थोरै लज्जाएको थिए । मैले उसलाई सिधै भनिदिएं कि म यहाँ
यौन सेवाकोलागी आएको होईन । भ्रमणका क्रममा यो देशमा आएको मौकामा यो क्षेत्रमा के
रहेछ भनेर बुझ्नमात्र आएको हुँ भने । उसले मलाई मुस्कुराउँदै भनी “त के लोग्नेमान्छे होईनस्?” मैले उसको प्रश्नको जवाफ दिईन बरु एक
हल्का मुस्कान दिएँ र बाई भनेर बाहिरिएँ ।
पर पुगेर फर्केर हेरें । त्यो रातो बाकसभित्रकी सुन्दरी त्यो रातो प्रकासमा
अझै सुन्दर देखिईरहेकी दिई । उसका आँखाहरु मलाई छोडेर अब अर्को ग्राहकको
प्रतिक्षामा अगाडीको बाटोतिर लागिसकेका थिए । उसका मुस्कानहरुले अझै पनि मेरो
पुरुषत्वको परिचय मागिरहेको मैले अनुमान गरेको थिएँ । उसको प्रश्न मलाई थियो वा
त्यो पुरा तमासेहरुको भीडलाई थियो वा दुबै थियो । तर “त के लोग्ने मानिस होईनस?” भन्ने प्रश्न निश्चय पनि चानचुने
प्रश्न भने थिएन ।
त्यो
क्यानलको पानी सफा थियो वा थिएन मैले छुटृयाउन सकिन । ती तमासेहरुको नियत सही थियो
वा थिएन त्यो पनि छुटृयाउन सकिन । त्यसैगरी मैले ती राता बाकसहरुभित्रका देह
व्यापारीहरुको अर्धनग्न स्वरुपहरु यथार्थमा नै सुन्दर थिए वा थिएनन त्यो पनि मैले
छुटृयाउन सकिन । मैले हारेको खेलाडीले मैदान छोडेजस्तै गरी डे वालेनको त्यो रंगिन
रातलाई छोडेर होटेलतिर फर्कदा एम्सटर्डामको यो भागमा हल्का बर्षा भैरहेको थियो ।
बाँकी रात निश्चय पनि अझै चिसो हुनेवाला थियो ।
१३ सेप्टेम्बर २०१३, दोहा,
कतार ।