हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'चोकमा उभिएका नयनहरु' सार्वजनिक ,(खसखस डट कम प्रतिनिधि)

रोल्पा, असोज ११ ।

युवा गजलकारद्वय खबपु चञ्चल मगर र लोकेन्द्र सेन सिम्पल कान्छाको संयुक्त गजलसङ्ग्रह चोकमा उभिएका नयनहरुको शुक्रबार लिबाङमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाले आयोजना गरेको कार्यक्रममा सङग्रहको लोकार्पण गजलकार लोकेन्द्र सेन सिम्पल कान्छाका आमा इन्द्रकुमारी सेनले गरिन् ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाका अध्यक्ष डी.बी. टुहुरोको अध्यक्षता तथा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य गौरीकिरण डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कोषाध्यक्ष मोहन परियार सहयात्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि गौरीकिरण डाँगी, सुन्दरकुमार वली, भगवती बुढामगर, खेमबुढामगर, नवीन लोचनमगर, कृतिकारहरु खबपु चञ्चल मगर र लोकेन्द्र सेन सिम्पल कान्छा बोलेका थिए । त्यस्तै कार्यक्रममा रवीन्द्र सुनार, तेजेन्द्र घर्तीमगर, भक्तिराम रिजाल, ज्ञानु सुनारलगायतले आआफ्ना रचना वाचन समेत गरे ।
कार्यक्रम सञ्चालन सचिव कविता उपाध्यायले तथा कृतिको समीक्षा गजलकार धनराज विकले गरेका थिए ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |