हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पन्ध्रौँ कोठे कविता गोष्ठि सम्पन्न,(बासु श्रेष्ठ)


सन् २०१० डिसेम्बरदेखि हरेक दुई दुई महिनामा हुँदै आएको कोठे गोष्ठिको पन्ध्रौँ श्रृँखला गोष्ठिका सदस्य रामप्रसाद खनालको मनासस स्थित घरमा अप्रिल २० का दिन सम्पन्न भयो ।

सदा झैँ चमेना तथा हल्का पेय पदार्थपछि शुरु भएको गोष्ठिको पहिलो चरणको कविता वाचन गर्नेहरुमा क्रमशः

अरुण रुपाखेती, सुदिपभद्र खनाल, होमनाथ सुवेदी, रामप्रसाद खनाल, प्रकाश नेपाल, रजनी श्रेष्ठ, मन्जु निरोला, रविन्द्र श्रेष्ठ, हरि घिमिरे, चेतन सिटौला, शरद निरोला, बासु श्रेष्ठ, भुपनारायण घर्तिमगर, राजेश आचार्य, ईन्द्र श्रेष्ठ तथा प्रेम सँग्रौला थिए ।

गोष्ठिमा दुई महिनाभित्र लेखिएको कविता वाचन गरिने अघोषित आशय रहेको छ ।

गोष्ठिको आशय अनुसार प्रत्येकको कविता वाचनपछि ति कविताप्रति समिक्षात्मक टिका टिप्पणी गरिएको थियो ।

दोश्रो चरणको कविता वाचनमापनि उपस्थित सबैले आफ्नो रुचिको कविता वाचन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा पुनः हल्का चमेनापछि कार्यक्रम विसर्जन गरिएको थियो । गोष्ठिको सोह्रौँ श्रृँखला सदस्य रजनी श्रेष्ठको घरमा हुने निधो गरिएको ।

आयोजक रामप्रसाद खनाल तथा वहाँको परिवारलाई गोष्ठिका सदस्यहरुकोतर्फबाट हरि घिमिरेले छोटो कवितामा धन्यवाद मन्तव्य प्रकट गर्नुभएको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |