हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फ्लोरिडामा फुल्दा ,(विटु के सी बराल)

न्यानो मौसम , मिठो हावापानी , हरियालीको खानी फ्लोरिडामा पुग्दा मन त रमाइलो भयो नै । शरीर हलुको , मन चङ्गा उडे उडे जस्तो, आफै त्येतै फुले जस्तो पो लाग्यो । साहित्यिक यात्राका सह्रदयी साथी सुन्दर जोशीजीको हार्दिक आत्मियपनमा रमाइरहेका थियौ हामी । ताराजीको कलेजका साथीहरू बिजय कट्टेलजी र पुष्प प्रधानजीसँग अचानकको  भेट र न्यानो आतिथ्यले फ्लोरिडा भ्रमणमा अझ बढि निखार आयो । साहित्यिक कार्यक्रममा सरिक हुन नपाएको भए फ्लोरिडा घुमाइको त्यो हदसम्मको आनन्द प्राप्ति पक्कै हुने थिएन । प्रख्यात गायिका मिरा राणा र प्रसिद्द लोक गायक प्रेम राजा महतजी, सुन्दर जोशीजी, बिकास देवकोटा लगायत अरु कवि र कवियत्रीहरूको उपस्थितिमा सहभागी भैरहदा मेरो अन्तर्मनको कवि ह्रदय पुलकित भैरह्यो । ह्युस्टनको ब्यस्त र बोझिलो जीवनबाट केही समय सुस्ताउन छाहारीको खोजिमा निस्केका हामि दुबैले फ्लोरिडाको तालाहासी, वेस्ट पाम वीच, मायामी र ओर्लान्डोमा धेरै शीतल र सुस्ताएको महसुस गर्यो ।

साँस्कृतिक कार्यक्रमकोलागि उर्जा स्थल रहेछ फ्लोरिडाको वेष्ट पाम बीच । सरस्वती पूजा , नेपाली स्कूल, भानु , लेखनाथ र लक्ष्मी जयन्ती जस्ता कार्यक्रमहरू २३ घण्टाको ड्राइभबाट  आइ नेपालीहरू जमघट भएर बडो उत्साहपुर्बक मनाउदा रहेछन्  । यो देखेर औधी खुशी लाग्यो हामीलाई । लेखनाथ जयन्तीको अबसर पारेर अन्तराष्ट्रिय साहित्य समाज फ्लोरिडा चाप्टरको साहित्यिक कर्यक्रममा सरिक भएर कबिता वाचन समेत गरियो । सोही कार्यक्रमबाट आइएनएलएस फ्लोरिडा नयाँ निर्वाचित कार्य समितिको घोषणा पनि गरिएको थियो ।

हाम्रो भ्रमणको अर्को ऐतिहासिक रमाइलो पाटो त उजागर गर्न बाँकी नै छ । कुरा के भने - बाहिरबाट आउनुभएका पाहुनाहरूलाई ब्रेक फास्टको निम्तो थियो हरि पान्डेजीको घरमा । महामहिम प्रेमराजा महतजी, प्रख्यात लोकप्रिय गायिका श्रीमान श्रीमती मिरा राना, ताराजी र म , श्रीमान श्रीमती हरि पाण्डे , सुन्दर जोशी,   कृष्ण श्रेष्ठ , बिमल नेपाल र सृजना नेपाल जम्मा भएका थियौं । लेक नजिकैको त्यो झलमल्ल सुन्दर बिहानीमा शायद सबैको मन फूल जस्तै फुलिरहेको थियो । अचानक सुन्दरजीले प्रस्ताव राख्नु भयो - हामीले गर्ने भनेको कोठे कवि गोष्ठीको आजैबाट शुरुवात गर्दा कसो होला ? सबैले साह्रै राम्रो मान्दै सहर्ष स्विकार गर्यौ । महामहिमले सुझाव दिनुभयो कोठे कवि गोष्ठी भन्दा कवि घर भन्नु उपयुक्त हुने । सबैलाइ चित्त बुझ्यो । अनि त सुरु भयो हाम्रो साहित्यिक वातावरण । हामी त्यो रमाइलो साहित्यिक जमघटको रसस्वादनमा चुर्लुम्ब डुब्यौं । कवि घरको एतिहासिक स्थापनासंगै खुशीले बिभोर भएर संसार प्रसिद्द मायावी नगरी मायामी वीचतर्फ लाग्यौं ।

मायामी वीचबाट सूर्य उदाउँदा र अस्ताउँदाको झलक गजवको हुँदो रहेछ, रोमान्चित बनाइदियो । मायामीबाट ओरलान्डोमा रहेको एनिमल किङडममा सगरमाथा, कालिगण्डकी, पशुपतिको झलक हेर्दै अचम्म मानेर फर्कियौ । ओरलान्डोमा श्रीमान श्रीमती विकास देबकोटाको आत्मिय आथित्य अर्को सुखद पक्ष रह्यो । फ्लोरिडाबाट फर्किदा बाटोमै पर्ने अलाबामा र लुजीयानाको न्यू ओर्लिएंस घुम्दै टेक्सासको हाम्रो बासथलो ह्युस्टन आइपुग्यौ । यहाँ आइपुगेको तीन दिन भैसक्दा पनि म चाँही फ्लोरिडाको रमाइलो ह्याङओभरबाट फुत्किएकी छैन । सुन्दरजी, बिजयजी र हरिजीको त्यो मनमोहक सुन्दर लेक संगैका घरहरू, फ्लोरिडाको मीठो मौसम, हरियाली, सफा सुकिलोपनले मेरो मन अझै उतै तानिरहेकोछ । हप्ताभरको छोटो समय भएपनि रमाइलोका तरङगहरूले मेरो मन फ्लोरिडामा फुलेको झै महसुस गरेँ मैले ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |