हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अनेसासद्धारा डि.सी.मा लक्ष्मी जयन्ती सम्पन्न,(खसखस संवाददाता )

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्र र डि.सी. मेट्रोको आयोजनामा स्थानीय सेन्ट्रलभिल लाइब्रेरीमा आइतबार लक्ष्मी प्रसाद देवकोटा स्मृति कार्यक्रम सम्पन्न भयो । प्रमुख अतिथी अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्माले त्रि.वि. केन्द्रीय नेपाली शिक्षण विभागका पूर्व प्रमुख प्रा. ठाकुरप्रसाद शर्मालाई अभिनन्दन गर्नुको साथै अनेसासले असंख्य कृतिहरुको प्रकाशन गरेर नेपाली भाषा संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याएको वताउनु भयो । अभिनन्दित व्यक्तित्व पराजुलीको कृतित्व, व्यक्तित्व र योगदानकाबारेमा प्रो हरि घिमिरेले प्रष्ट पार्नु भएको थियो । 
आफ्नो योगदानको कदर भएकोमा खुशी प्रकट गर्दै प्रो. पराजुलीले डि.सी. मेट्रोद्धारा प्रकाशित अनेक डायस्पोराका कविता पुस्तकको विस्तृत समालोचना गर्नु भएको थियो । 
सो अवसरमा राजदूत शर्मा र प्रो पराजुलीले महेश सुवेदीद्धारा लिखित अमेरिकी नेपाली डायस्पोराको औपन्यासिक समालोचना, प्रकाश नेपालको नयां कविता संग्रह राती फूल्ने फूलहरु, होमनाथ सुवेदीद्धारा लिखित समालोचनात्मक पुस्तक गंगाका समीक्षा, कपिल सिटौलाको पुस्तक देश दुखेको म, किसन उपाध्यायको आफ्नै जीवनका घटनाहरु समेटिएको पुस्तक द लाष्ट अरेन्ज र डा. मोहन जोशीद्धारा लिखित गीतहरुको सी.डी. कहां छ ठाउंको संयुक्त रुपले विमोचन गर्नु भयो । 
अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष होमनाथ सुवेदीले अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रका गतिविधिहरु सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहांले कतार, मलेसिया, अमेरिका, नेपाल लगायत संसारका विभिन्न स्थानहरुबाट प्राप्त देवकोटा सम्बन्धी कार्यपत्रहरुको संश्लेषणात्मक प्रस्तुति गर्नु भएको थियो । साथै संसारभरिबाट प्राप्त कार्यपत्रहरुलाई समेटेर अनेक डायस्पोरामा देवकोटा भन्ने पुस्तक छिट्टै नै अनेसास केन्द्रले प्रकाशित गर्न लागेको जानकारी पनि उहांले गराउनु भयो । कार्यक्रममा डा. गोपी उप्रेतीले देवकोटाको योगदान बारेमा प्रष्ट पार्नु भएको थियो भने कवि प्रेम संग्रौलाले देवकोटाप्रति समर्पित कविता र कलाकार तथा अनेसास डि.सी. मेट्रोका सल्लाहकार रामप्रसाद खनालले यात्री गीत प्रस्तुत गर्नु भएको थियो । 
यसैगरी बालबालिकाहरुको रचना प्रतियोगितामा श्रेया पराजुली प्रथम, तेजस्वी पाण्डे द्धितीय र सीतल लुइटेलले तृतीय स्थान प्राप्त गरेका थिए । डा. मोहनप्रसाद जोशी, रामप्रसाद खनाल, भीम रेग्मी र सीता पाण्डे निर्णायक मण्डलमा रहनु भएको थियो भने आलिशा विश्वकर्मा, इशान विश्वकर्मा, कृतिका ओली, विशाखा ओली र आशिश सुवेदीले उत्कृष्ट स्थान हासिल गरेका थिए ।  
कार्यक्रम अनेसास लक्ष्मीप्रसाद देवकोटा जयन्ती आयोजक मूल समारोह समितिका संयोजक तथा अनेसास डि.सी. मेट्रोका अध्यक्ष प्रकाश नेपालको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य अनेसास बोर्ड अफ ट्रष्टीका सदस्य तथा अनेसासका सल्लाहकार खेम भट्टचनले गर्नु भएको थियो । गुणराज लुइंटेलले संचालन गर्नु भएको सो साहित्यिक कार्यक्रममा अप्रतियोगी कविता प्रस्तुत गर्नुहुने कवि कवियत्रीहरुमा गोपाल रेग्मी, रामप्रसाद खनाल, लक्ष्मण सत्याल, गंगा लिगल, दीपा अधिकारी, कुभद्रा पराजुली, सरिता परियार, शान्ति विश्वकर्मा, शारदा खाती, सीता पाण्डे एवं गुणराज लुइटेलले आआफ्ना कविताहरु बाचन गर्नु भएको थियो । 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |