हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बार्हौं कोठे कविता गोष्ठी सम्पन्न ,(खसखस डट कम )


पछिल्लो लहर बायाँबाट- होमनाथ सुवेदी
, बासु श्रेष्ठ, गोपाल रेग्मी, शरद निरोला, हरि घिमिरे, सुदिपभद्र खनाल
पहिलो लहर बायाँबाट- डा. मोहन जोशी, कपिल सिटौला, प्रकाश नेपाल, गोविन्द गिरी प्रेरणा  

 

पहिलो कविता गोष्ठीको आयोजना भएको स्थान बासु श्रेष्ठको निवासमा बार्हौं कोठे कविता गोष्ठीपनि यही नोभेम्वर ३,२०१२ का दिन उडब्रिजमा सम्पन्न भयो |

 

दुइ चरणमा बाँडिएको सो गोष्ठिमा पहिलो चरणको प्रत्येक कविता वाचनपछि हरि घिमिरेलाइ छोटो समिक्षा गर्ने जिम्मा दिइएको थियो र सधैं जस्तै अन्य सहभागीलेपनि कविताप्रति टिका टिप्पणी गरेका थिए | गोष्ठी अत्यन्त रमाइलो र सौहार्द्रपूर्ण वातावरणमा भएको थियो |

 

सोहि अवसरमा गोष्ठीका सदस्य कपिल सिटौलाद्वारा भर्खरै प्रकाशित 'देश हराएको म' नामक कविता संग्रहको बारेमा छोटो जानकारी दिंदै सो संग्रहको एक प्रति कविता लेखनको प्रेरणाका श्रोत बनेका मध्य एक खसखस डट कमका संचालक बासु श्रेष्ठलाई धन्यवाद सहित उपलब्ध गराउनु भयो | सो संग्रहको सम्पादन गोष्ठीकै सदस्य हरि घिमिरेद्वारा गरिएको हो भने मुद्रण मिडियाजुम, काठमाण्डौंमा भएको हो |

 

गोष्ठिका संयोजक बासु श्रेष्ठले सो संग्रहको एकप्रति पाएको, संग्रहमा आफूप्रति प्रेम दर्शाएकोमा कवि सिटौलालाइ धन्यवाद दिंदै अहिलेसम्म गोष्ठीका तीन सदस्य प्रेम संग्रौला, डा. मोहन जोशी सहितको संग्रह प्रकाशित भएकोमा आफुले गोष्ठीको उपलब्धिको रुपमा लिएको र असाध्य खुशी लागेको बताए | साथै गोष्ठीका अन्य सदस्यहरुपनि संग्रह प्रकाशन गर्ने जाँगर गर्दै हुनुहुन्छ भन्ने जानकारी दिए |

 

तेर्हौं गोष्ठी शरद निरोलाको घरमा १२ जनवरी, २०१३ का दिन, त्यस पछिको सम्भवत गोविन्द गिरि प्रेरणा, त्यसपछि स्वस्फुर्त रुपमा हरि घिमिरे र त्यसपछि गोपाल रेग्मीको घरमा हुने निर्णय गरिएको छ |

 

सो गोष्ठीमा सहभागी हुने कपिल सिटौला, गोपाल रेग्मी, गोविन्द गिरि प्रेरणा, प्रकाश नेपाल, डा. मोहन जोशी, सुदिपभद्र खनाल, शरद निरोला, हरि घिमिरे तथा होमनाथ सुबेदीप्रति आयोजक बासु श्रेष्ठले आभार व्यक्त गरे भने खानपीन व्यवस्थापनकोलागी श्रीमती चण्डिका श्रेष्ठलाइ पनि धन्यवाद व्यक्त गरे |

 

 

बासु श्रेष्ठ

गोपाल रेग्मी

प्रकाश नेपाल

कपिल सिटौला

हरि घिमिरे

शरद निरोला

गोविन्द गिरी प्रेरणा

डा. मोहन जोशी

सुदिपभद्र खनाल

होमनाथ सुबेदी

 

Comments

Chandra Dhungel

Mahodaya,
Nam ma ke po chha ra, tara pani \'kothe\',
\'hukke\', \'baithake\' jasta chauri pareka
adjective ko sato suksukauda ra banki
pareka shabdabali chhan ki \'kavi gosthi\'
ka lagi?
-Chandra Dhungel

aru suksukauda adjective chhainan ra?

jhalkaune aru shabda chha ki? \'kothe kavi gosthi\'
ali 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |