हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'सृजनाका यात्राहरु' को तेत्तिसौं श्रृङ्खला सम्पन्न,(खसखस डट कम सम्वाददाता)

 न्यू योर्क,न्यू योर्क सहरमा हरेक महिनाको पहिलो आईतबार सम्पन्न हुने साहित्यिक कार्यक्रम 'सृजनाका यात्राहरु' को तेत्तिसौं श्रृङ्खला सेप्टेम्बर महिनाको प्रस्तुति न्यू योर्कको ज्याक्सन्हाईट्सस्थित शेर्पा क्यिदुगको भवनमा आङ जाङ्बु शेर्पाको एकल वाचनकासाथ गत आईतबार सम्पन्न भयो ।
 
कवि विनोद रोका र शहदेव पौडेलको सञ्चालनमा भएको उक्त साहित्यीक कार्यक्रममा ज्योति पौडेल, पुनम काफ्ले, बुद्ध चेम्जोङ, शकुन्तला ज्ञवाली, नर बहादुर दाहाल, सहदेव पौडेल, देबेन्द्र सम्बाहाम्फे, छिरिंग तोप्के लामा र बीरेन्द्रहाङ लाबुङ लिम्बू तथा बिनोद रोकाले आ-आफ्न श्रीजनाहरु वाचन गरेका थिए ।
 
कार्यक्रममा गगन बिरहीले एकल वाचक कवि शेर्पालाई खदा लगाएर स्वागत गरेका थिए भने कार्यक्रमको अन्तमा प्रमुख अथिति रंगकर्मी एबम् संगीत तथा नाट्य एकेडेमीका प्राज्ञ सभासदस्य हरिबहादुर थापाले उनलाई प्रमाण-पत्र वितरण गरेका थिए ।
 
आफ्नो मन्तब्य राख्ने क्रममा  प्रमुख अथिति थापाले विदेशमा रहेर पनि यसरी नेपाली भाषा साहित्यको उत्थानमा लागी परेका न्यू योर्कवासी साहित्य सर्जकहरुमा बधाई तथा शुभकामना अनि आभार ब्यक्त गर्नु भएको थियो | थापाले नेपाली भाषा र साहित्यको जगेर्नाको लागि न्यूयोर्कवासीको यो निरन्तरताले बिशेष महत्व राख्ने हुनाले नेपाल प्रज्ञा प्रतिष्ठानसंग समन्वय गरेर अघिबढेमा अझ प्रभावकारी र अर्थपूर्ण हुने तथा प्रज्ञा प्रतिष्ठानले पनि कुनैदिन यस कार्यको सह्राना गर्नु पर्नेछ भन्नु भयो ।
 
सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको "श्रृजनाका यात्राहरू" प्रत्येक महिनाको पहिलो आईतवार आयोजना हुने कार्यक्रममा सन् २०११ को अगस्ट महिनाबाट कवि बिनोद रोका पहिलो एकल कविता वाचनबाट एकल कविता वाचनको श्रृङ्खला शुरु भएको हो । त्यसपछिका कविहरुमा क्रमश: डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु, कवि तथा पत्रकार गोबिन्द गिरी प्रेरणा, मनु लोहरुङ राई, गीता खत्री, बसन्त श्रेष्ठ, स्नेह सायमी र लक्ष्मी माली तथा कवि वसन्त चौधरीले बत्तिसौं श्रृङ्खलासम्ममा एकल कविता वाचन गरी सकेकाछन् ।
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |