हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दशौँ कोठे कविता गोष्ठि सम्पन्न,(बासु श्रेष्ठ)


आज जुलाई २८, २०१२  का दिन स्प्रिङफिल्ड, भर्जिनियास्थित डा. मोहन जोशीज्यूको निवासमा कोठे कविता गोष्ठीको दशौं श्रृंखला सम्पन्न भयो । गोष्ठीमा आजको श्रृंखला–आयोजक डा. मोहन जोशीज्यूले आफ्नो कविता वाचन गरी कार्यक्रमलाई औपचारिक रुपमा सुरु गर्नुभयो भने त्यसपछि कविहरु गोविन्द गिरी प्रेरणा, नारायण अधिकारी, होमनाथ सुवेदी, सुदीपभद्र खनाल, वसन्त श्रेष्ठ, प्रेम संग्रौला, बासु श्रेष्ठ, शरद निरोला, प्रकाश नेपाल, कपिल सिटौला एवम् मन्जु निरोलाले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।

गोष्ठीको सुरुआतमा कार्यक्रमको आयोजना हल्का भोजन तथा पेय पदार्थबाट सुरु भएको र तत्पश्चात् औपचारिक कवितावाचन सम्पन्न भएको थियो । औपचारिक कवितावाचन कार्यक्रमको अन्तिममा अमेरिका भ्रमणमा रहनुभएका साहित्यकार पवन आलोकलाई कोठे कविता गोष्ठीका तर्फबाट खादा ओढाएर सम्मान पनि गरियो । साहित्यकार श्री आलोकले गोष्ठीमा वाचित कविताहरुको छोटो टिप्पणी गर्नुभएको थियो । उक्त अवसरमा उहाँले नेपाली भाषा–साहित्य देशको सीमाना काटेर अन्तर्राष्ट्रियकरण भइसकेको र विदेशमा पनि अब नेपाल भेट्न सकिने अनुभव व्यक्त गर्दै आफ्नो कविता पनि सुनाउनुभएको थियो । साहित्यकार श्री पवन आलोकको उपस्थितिलाई हामीले गोष्ठीको महत्वपूर्ण उपलब्धिका रुपमा लिएका छौं ।

पहिलो औपचारिक कार्यक्रम पूरा भइसकेपछि दोस्रो चरणमा अनौपचारिक कवितावाचनको कार्यक्रम सम्पन्न भयो ।
अब, एघारौं गोष्ठी सदस्य बसन्त श्रेष्ठले अगस्त २६ का दिन तथा बाह्रौं नारायण अधिकारी र तेह्रौं शरद निरोलाको निवासमा हुने निर्णय गरिएको छ |

उक्त गोष्ठिमा वचन गरिएका कविताको भिडियो रेकर्डहरु:

मोहन जोशी

गोविन्द गिरी प्रेरणा
नारायण अधिकारी
होमनाथ सुवेदी
सुदीपभद्र खनाल
वसन्त श्रेष्ठ
प्रेम संग्रौला
बासु श्रेष्ठ
शरद निरोला
प्रकाश नेपाल
कपिल सिटौला
मन्जु निरोला

पवन आलोक


 


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |