हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विविध साहित्यिक कार्यक्रमका साथ क्यानाडामा भानु जयन्ती ,(खसखस सम्बाददाता)

 एन आर एन क्यानाडाको भाषा साहित्य बिभागको आयोजना र क्याल्गरी नेप्लिज् कम्यूनिटी एसोसिएसन(CNCA) तथा नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरी(NCSC)को संयुक्त सहकार्यमा जुलाइ १४ का दिन एक विविध साहित्यिक कार्यक्रमका साथ  क्यानाडाको क्यल्गरी शहरमा आदिकवि भानुभक्त आचार्यको  १९९ औं जन्मजयन्ति मनाइयो /

एन आर एन क्यानाडाका अध्यक्ष डा. बिनोद के सी प्रमुख अतिथ्य र भाषा साहित्य विभागका सदस्य राजेन्द्रप्रसाद प्रसाईको सभापतित्वमा संचालित कार्यक्रममा एन आर एन क्यानाडाका उपाध्यक्ष डा बेतमानसिं भन्डारीले उपस्थित महानुभावहरूलाई स्वागत गर्नुभएको थियो।

 

आदिकवि भानुभक्त आचार्यको तश्वीरमा फूलमाला अर्पण गरी शुरु भएको कार्यक्रमको प्रथम चरणमा  "जहाँ जाऊँ जहाँ रहौं, मन त नेपाली" बिषयमा खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो/ प्रतियोगितामा मुरारी अधिकारीले  प्रथम, डा तीर्थराज बजगाईले  द्वितीय र सीलु घिमिरेले तृतीय स्थान प्राप्त गर्नुभयो/ पुरस्कृत प्रतिभाहरूलाई प्रमुख अतिथि डा बिनोद केसीले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो / प्रतियोगीतामा सहभागी अन्य सहभागीहरू क्रमश भरतमान श्रेष्ठ, बिद्या बज्राचार्य,सुष्मा खनाल,अस्मिता अधिकारी, चन्द्रा मैनालीले समेत सहभागिताको प्रमाणपत्र प्राप्त गर्नुभयो/

 

कार्यक्रमको दोश्रो चरणमा अरुण श्रेष्ठ, झलेन्द्र श्रेष्ठ, ऋषि बस्ताकोटी, राजेन्द्र प्रसाई, गोविन्द उपाध्याय, देवराज गौतम, युक्तखान ठकुरी,कौसल्या थापा लगायतका कवि कवियत्रीहरूले अप्रतियोगी कविता वाचन गर्नुभएको थियो / कार्यक्रममा डा गोबिन्दसिं रावत (टोरन्टो) , मानकाजी श्रेष्ठ (भ्यानकुभर), डा नारायण पोखरेल (एडमनटन), र प्रदीप न्यौपाने (मिसिसागा)का आमन्त्रित कविताहरू पनि वाचन गरिएको थियो/ कार्यक्रममा बिभू ओझाले  सुरिलो स्वरमा भानुभक्तीय रामायणको पाठ गर्नुभएको थियो भने पुर्वराजदूत प्रा हर्षनारायण धौभडेल, राजेन्द्र प्रसाई, CNCA का महासचिव  पुरुस्वत्तोम श्रेष्ठलगायतले भानुभक्तको जीबनी र योगदान, प्रवासमा नेपाली भाषा साहित्यको महत्व र प्रवासीको भूमिका विषयमा प्रकाश पर्नुभएको थियो / कार्यक्रममा क्यानाडाका लागि महामहिम नेपाली राजदूत डा भोजराज घिमिरेबाट प्रेषित शुभकामना एन आर एन भाषा साहित्य विभागका सहसंयोजक ऋषि बस्ताकोटीले पढेर सुनाउनुभएको थियो/

 

कार्यक्रमको तेस्रो चरणमा  क्याल्गरी निवासी  गीतकार तथा संगीतकार  सुरेश थापाको तेश्रो गीति एल्वम "तपोवन-२" को प्रमुख अतिथि डा बिनोद केसीले विमोचन  गर्नुभएको थियोभने अरुण श्रेष्ठले गीतकार थापाको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो / कार्यक्रममा  विमोचित गीति एल्वमको शिर्ष गीत समेत सुनाइएको थियो/ तपोवन-२ मा  थापाद्वारा रचित तथा संगीतवद्ध  विविध  विषय समेटिएका ७ गीतमा कर्ण दास, जगदीश समाल, सन्तोष लामा र कर्म गल्जेन बोम्जनको स्वर रहेकाछन्/

 

प्रवासमा भाषा साहित्य र संस्कृति नै हाम्रो मूल पहिचान भएकोले यसको प्रवर्तनका लागि छुट्टै संस्थाको आवस्यकता महसुस गरी कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूको छलफलपछि क्यल्गरीबासी नेपालीमूलका साहित्यप्रेमीहरूलाई समेटेर साहित्यिक संस्था स्थापनार्थ  अरुण श्रेष्ठको संयोजकत्वमा  डा तिर्थ बजगाई, गोविन्द उपाध्याय, झलेन्द्र श्रेष्ठ, मुरारी अधिकारी, प्रेम देवकोटा, देवराज गौतम, सुरेश थापा र ऋषि बस्ताकोटी सहितको नौ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ /

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |