हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेपाली साहित्य प्रतिष्ठानले ए.एन.ए. डालस सम्मेलनमा " नेपाल बाहिरको नेपाली सा,(खसखस सम्वाददाता )

नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले यस पटक ए. एन. ए. को ३०औ  महाधिबेसनको अवसर पारेर टेक्सास राज्यको, डालासमा हुने अन्तर्राष्ट्रिय कविता महोत्सब संगसंगै नेपाल बाहिरको नेपाली साहित्यका बारेमा बिशेष गोष्ठीको आयोजना गर्ने  भएको छ | यो गोष्ठी संचालनका लागि  नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाले डा. गोविन्दसिंह रावतको संयोजकत्वमा "नेपाल बाहिरको नेपाली साहित्य: प्रवासी कि आप्रवासी" गोष्ठी आयोजना समिति गठन गरेको छ | समितिका अन्य सदस्यहरुमा मोहन सिटौला, टेक्सास; गोबिन्द गिरि प्रेरणा भर्जिनिया र ज्ञानेन्द्र गदाल, कोलोराडो रहनु भएका छन् | पहिलो पटक आयोजना हुन लागेको "नेपाल बाहिरको नेपाली साहित्य : प्रवासी कि आप्रवासी " सम्बन्धि यस गोष्ठीमा डायस्पोरा साहित्यमा बिशेष कलम चलाउने विद्वानद्वय डा. गोबिन्दराज भट्टराई र डा. खगेन्द्र लुइँटेल तथा अमेरिकामा बसेर डायस्पोरा साहित्य सिर्जना गर्दै आउनुभएका अ.ने.सा.स.का संस्थापक होमनाथ सुबेदीबाट कार्यपत्र प्रस्तुत गरिने छन् |

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |