हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नवौं कोठे कविता गोष्ठि सम्पन्न ,(बासु श्रेष्ठ)

वासिँगटन डिसी क्षेत्रमा प्रत्येक दुई दुई महिनामा हुने कोठे कविता गोष्ठिको नवौँ श्रृँखला गोष्ठिका सदस्य कपिल सिटौलाको घरमा अप्रिल २८, २०१२ का दिन आयोजना गरियो ।
उक्त गोष्ठिमा कविता पाठ गर्नेहरु कपिल सिटौला, हेमन्त श्रेष्ठ, प्रेम सँग्रौला, प्रकाश नेपाल, शरद निरोला, गोपाल रेग्मी, बासु श्रेष्ठ, गीता खत्री (न्युयोर्कबाट आउनुभएकि अतिथी), सुदिपभद्र खनाल, होमनाथ सुवेदी, बसन्त श्रेष्ठ, नारायण अधिकारी, मँजु निरोला (अतिथी) कविन्द्र सिटौला (अतिथी) तथा गोविन्द गिरी 'प्रेरणा' थिए ।
गोष्ठिको उदेश्य अनुरुप प्रथम चरणमा वाचन गरिएका कविताहरुको तत्कालै श्रोता सदस्यहरुबाट समीक्षात्मक टिप्पणी गरिएको थियो । दोश्रो चरणको कविता वाचन भने चमेना ग्रहण गरिएपछि भएको थियो ।
सोहि दिन सदस्य कपिल सिटौला श्रीमतिसँग वैवाहिक बन्धनमा बाँधिएको ५१औँ वार्षिकोत्सवको अवसर परेकोले वहाँ दम्पतिलाई सबैले शुभकामना तथा बधाई दिएका थिए । त्यस अवसरमा खानपिनको पनि राम्रो व्यवस्था गरिएको थियो ।
गोष्ठीका केहि झलकहरु:
      




Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |