हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नियमित कबि गोष्ठी सम्पन्न,(आचार्य प्रभा )


मार्च ३१ / अ  ने. सा.. कोलोराडो च्याप्टरले नियमित संचालन गरिरहेको कबि गोष्ठी कार्यक्रम आजका दिन वेस्मिनिष्टर स्थित शिरिष भोजपुरे तथा श्रीमती कृपा श्रेष्ठको निवासमा सफलता पुर्वक सम्पन्न भयो

कार्यक्रममा रचना बाचनको साथमा गायिका उर्मिला श्रेष्ठ तथा अर्की गायीका निर्मला श्रेष्ठले पुरानो "खोलाको तीरमा नाचेर हिंडछे त्यो कालो जुरेली, त्यो कालो जुरेली "बोलको गीत गायक हिरण्य भोजपुरेको गितारको धुनमा गाउनु भएको थियो । दिदी बहिनीको आवाजमा यो गीत घन्किदा साँच्चै पुरानो जमानाको लेकाली समूह नै उर्लिएर आए झैं भान भएको थियो । तसर्थ उक्त कबि गोष्ठी कार्यक्रम केवल साहित्यमय मात्र मात्र नभएर संगीतमय पनि बनेको थियो । यसै क्रममा आ -आफ्ना रचनाहरू पाठ गर्ने क्रममा गजलकार मनु ब्राजाकी,गायक हिरण्य भोजपुरे,अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल,उर्मिला श्रेष्ठ,निर्मल प्याकुरेल,आचार्य प्रभा,मीना पौडेल,साहरा कार्की, कृष्ण मुरारी ढुङेल,भुपेन्द्र महत,दिनेश कार्की,राजु सिटौला,पदम विश्वकर्मा हुनुहुन्थ्यो । कोलोराडो च्याप्टरका अध्यक्ष पदम बिश्वकर्माले संचलान गर्नु भएको उक्त कबि गोष्ठीमा रचना श्रवण गर्नु हुनेहरुमा निर्मला श्रेष्ठ,दीप्ती आचार्य,शिरिष भोजपुरे,कृपा श्रेष्ठ,प्रसन्नराज मोक्तान /श्रीमती मोक्तान,रबि कार्की,मनोज तुलाधार हुनुहुन्थ्यो । उक्त कबि गोष्ठीको अन्तिम चरणमा मीठो भोजन र जलपानको बन्दोबस्त पनि गरिएको थियो । कार्यक्रमको समापन गर्नु हुँदै अध्यक्ष पदम बिश्वकर्मा ज्युले आयोजक शिरिष भोजपुरे र श्रीमती कृपा श्रेष्ठप्रति आभार ब्यक्त गर्नु भएको थियो । यसरी कोलोराडो च्याप्टरद्वारा संचालित कबि गोष्ठीप्रति कोलोराडोबासीहरूको चासो र सहयोग बढ्दै गएको छ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |