हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मनुको एकल कविता वाचन ,(खसखस संवाददाता )

 
न्यू योर्क - न्यू योर्कवासी नेपाली साहित्यकारहरुले मासिक साहित्यिक कार्यक्रमको रुपमा सञ्चालन गर्दै आएको "श्रीजनाका यात्राहरु" को २७ औं श्रृङ्खला न्यूयोर्कस्थित ज्याक्सन्हाईट्समा गत आईतबार कवयत्री मनू लोहोरुङ राईको एकल कविता वाचनकासाथ सम्पन्न भयो ।
 
सन् २००८ को डिसेम्बर महिनाबाट "श्रीजनाका यात्राहरु" को कार्यक्रम लगातार सञ्चालन गरिंदै आए पनि गत वर्षको अगष्ठ महिना यताबाट मात्रै थप आकर्षणको रुपमा एकल कविता वाचन शुरु गरिएको हो। कानूनी पेसामा संलग्न भएर पनि नेपाली साहित्यको श्रीबृद्दिमा लागिपर्ने कवि बिनोद रोका पहिला एकल कविता वाचक थिए, त्यसपछि डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु र कवि तथा पत्रकार गोबिन्द गिरी प्रेरणाले एकल कविता बाचन गरी सकेकाछन् । यसरी एकल कविता वाचनकासाथ अघि बढाईने सो श्रृङ्खलावद्व कार्यक्रममा कवयत्री लोहोरुङ आठौँ एकल वाचक बन्न पुगेकिछिन् ।
 
सोही अवसरमा वरिष्ठ साहित्यकार तथा समालोचक अमर नेम्बाङले कवयत्री लोहोरुङद्वारा लिखित यसै वर्षको शुरुमा निकालिएको कविता सङ्ग्रह "लुङमारी मिथक" माथि विवेचना गरेका थिए । कार्यक्रममा सकुन्तला ज्ञवाली,बिनोद रोका,बुद्ध चेम्जोङ,गीता पन्थ,नगेन्द्र इङ्नाम 'आठराइली',देबेन्द्र साम्बाहम्फे लिम्बु,अरुण छेत्री "अनुरागी",तीर्थराज बराल,सहदेब पौडेल र मीना श्रेष्ठ ले आ-आफ्न कथा,कविता तथा गजलहरु वाचन गरेका थिए ।
 
कवि मणि बाङ्देल "ईलामे" र अ.ने.सा.स. न्यूयोर्क च्याप्टरका सचिव बिकास बिष्टले सञ्चाल गरेको कार्यक्रममा अतिथि डा. तारा निरौलाले सदाझैं एकल कविता वाचक लोहोरुङलाई कार्यक्रमको तर्फबाट प्रमाण-पत्र हस्तान्तरण गरेर आफ्नो छोटो मन्तब्यका साथ कार्यक्रमको समापन गरेका थिए ।
 
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |