हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अ.ने.सा.स.कोलोराडो च्याप्टरले सरस्वती पूजा लगायत नियमित कबिगोष्ठी बिभिन्न ,(कोलोराडो प्रतिनिधी)

जनवरी २९ /अ.ने.सा.स. कोलोराडो च्याप्टरले सरस्वती पूजा र आफ्नो मासिक कबिगोष्ठी बिभिन्न कार्यक्रमको साथमा कोलोराडोको ब्राइटन सनातन मन्दिरको कक्षमा यही जनवरी २८ शनिबारका दिन भब्यताकोसाथ सम्पन्न गर्‍यो । उक्त कार्यक्रमको सभापतित्व कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्माले गर्नु भएको थियो भने आसन ग्रहणको क्रममा अ.ने.सा.स केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल, गजलकार मनु ब्राजाकी, साहित्यकार शैलेन्द्र साकार, अध्यक्ष पदम विश्वकर्मा र मन्दिरका पूजारी श्री जीवन बरालले गर्नु भएको थियो । उद्घोषिका तारा अधिकारीद्वारा सरस्वती बन्दना सहित संचालित उक्त कार्यक्रममा स्वागत मन्तब्य आचार्य प्रभाले आफ्ना रचना सरस्वती बन्दना सहित दिनुभएको थियो भने कार्यक्रमकै चरणमा सरस्वतीको तस्बिरमा सबै भक्तजनले फूल, अबिर चढाएर श्रद्धा सुमन अर्पण गरेका थिए । कार्यक्रमको अर्को प्रस्तुतिमा गायिका निर्मला श्रेष्ठले सरस्वती बन्दना गाएर सुनाउनु भएको थियो । यसै क्रममा सरस्वती पूजाको महत्वबारे गुरु जीवन बरालले प्रकाश पार्दै भजन प्रस्तुत गर्नु भएको थियो । सरस्वती पूजाको अवसर पारेर अ. ने.सा.सका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदाल र गजलकार मनु ब्राजाकीले बिभिन्न बाल-बालिकाहरुलाई कपी तथा शिशा कलम प्रदान गर्नु भएको थियो ।   
कार्यक्रमको अर्को प्रस्तुतिमा बालकबिहरु सरगम गदाल र शम्भुनाथ लामिछानेले आ-आफ्ना कबिता बाचन गरेकाथिए भने बयष्क कबिहरु मनु ब्राजाकी,(आफ्नो मन्तब्य सहित)ज्ञानेन्द्र गदाल,शैलेन्द्र साकार,शशी भट्टराई,मीना पौडेल,निर्मल प्याकुरेल,बिजय अधिकारी, बासुदेव खनाल, भुपेन्द्र महत, कुमारजंग कार्की, तारा अधिकारीले आ-आफ्ना रचनाहरु बाचन गर्नु भएको थियो । कार्यक्रममा धेरै भक्तालु जनहरुको पनि उपस्थिती रहेको थियो भने सबैले आ-आफ्ना घरबाट प्रशादहरु ल्याएर उक्त पूजामय साहित्यिक कार्यक्रमलाई ठुलो टेवा पुगेको थियो । कार्यक्रमको समापन अध्यक्ष पदम विश्वकर्मा ज्युको मन्तब्य सहित भएको थियो भने अन्त्यमा सबैले प्रशाद ग्रहण गर्नु भएको थियो । यसरी कोलोराडोमा सधैं झैँ यो बर्षको सरस्वती पूजा पनि भब्यताकोसाथ सम्पन्न गरियो । उक्त कार्यमममा आ-आफ्ना तर्फबाट  तस्बिर लिइे सहयोग गर्नु हुनेहरुमा राजेन्द्र सिग्देल,भुपेन्द्र महत,कमल भट्टराई,अनुरक्त श्रेष्ठ हुनुहुन्थ्यो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |