हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नेपाली र बेल्जीयन कविहरूको सहकार्य ‘फ्रीत नेपाल’,(खसखस डट कम प्रतिनिधि )

 
नेपाली र डचभाषी कविहरूको संयुक्त कविता संग्रह ‘फ्रित नेपाल’ बेल्जीयममा प्रकाशित भएको छ । डच र बेल्जीयममा बसोबास भएका १० नेपाली कवि र बेल्जीयमका नेदरल्याण्डस् भाषी १० कविहरु गरी जम्मा २० कविताहरु डच, नेपाली र अँग्रेजी तिन भाषामा छन् ।पुस्तकमा नेपाली कविहरू कृष्ण बजगार्इं, विमल गिरी, दीपेन्द्र के. सी., राजकुमार पुडासैनी, जे. बी. शेर्पा, दीपकज्योति पौडेल, राधाकृष्ण अधिकारी, सन्जु बजगार्इं, रूक्मिणी अमात्य र पंचम अधिकारीका कविता संग्रहित छन् । त्यस्तै बेल्जीयन कविहरूमा हर्मान रोह्यार्ट, सिरियल ग्ल्याडिनेस, एन् भान डिस्सेल, लिबे देभिएर, लुक भान डेबोर्ट, मार्क मीकर्स, क्याट्रिएन फ्रडेरिक्स, मार्टिन क्याररेट, लोट्टे डोन्डियोन र क्यारेल सेर्गेन छन् ।हरेक जनवरीको अन्तिम विहीवार बेल्जीयममा ‘कविता दिवस’ का रूपमा मनाइन्छ ।
सोही अवसरमा गत जनवरी २६ गते विहीवार ‘फ्रीत नेपाल’ कविता संग्रह सार्वजनिक भएको हो । संगीत, नृत्य र कविता वाचन गरी कलात्मक प्रस्तुतिका साथ पुस्तक सार्वजनिक कार्यक्रम गरिएको थियो । जसमा बेल्जीयन र नेपाली कलाकार, गायक र कविहरू सहभागी थिए । द हिमालयन सोसाईटी बेल्जीयम र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियम च्याप्टरको संयुक्त आयोजना र सिन्त त्रुदेन नगरपालिका एवं सिन्त त्रुदेनको कला एकेडेमीसँगको सहकार्यमा पुस्तक प्रकाशन भएको हो ।पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै बेल्जीयमका लागि नेपालका राजदूत प्रमेशकुमार हमालले नेपाली र बेल्जीयन कविहरुको सहकार्यमा प्रकाशित यो साहित्यिक कृति यस प्रकृतिको पहिलो र दुइ देशको संबन्धमा कोशेढुङ्गा भएको बताउनु भयो । सिन्त त्रुदेन नगरपालिकाका मेयर लुदवीग भान्देनोभले पुस्तक प्रकाशन दुइ संस्कृतिको असाधारण पुल बनेको विचार ब्यक्त गर्नुभयो । डायास्पोरामा बसेका नेपालीहरूको महत्वपूर्ण उपलब्धी बनेको ‘फ्रीत नेपाल’ को प्रकाशनपछि पनि नयाँ योजना थालिने द हिमालयन सोसाइटीका अध्यक्ष राजेन्द्र रसाइलीले जानकारी गराउनु भएको छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |