हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सातौँ कोठे कविता गोष्ठि सम्पन्न ,(खसखस डट कम )


दुइ महिना भित्रका कविता लिएर प्रत्येक दुइ महिनामा आयोजना हुने कोठे कविता गोष्ठीको सातौ शृंखला मंचका सदस्य प्रेम संग्रौलाको निवासमा डिसेम्बर १७ का दिन सम्पन्न भयो | दिनको दुइ बजे देखि शुरु हुने भनिएको सो कार्यक्रम झण्डै पौने चार बजे शुरु भएको थियो | सो कार्यक्रममा मंचका सदस्य क्रमश प्रेम संग्रौला, नारायण अधिकारी, गोपाल रेग्मी, होमनाथ सुबेदी,  बासु श्रेष्ठ, शरद निरोला,  मोहन जोशी, गोविन्द गिरी प्रेरणा, आनन्द शर्मा, प्रकाश नेपाल, कपिल सिटौला तथा सुदिप भद्र खनालले आफ्नो कविता वचन गरेका थिए भने मंजु निरोला, कविन्द्र सिटौला तथा उद्धव घिमिरेले पानि आआफ्ना कविता वाचन गरेका थिए | वाचन गरिएका कविताप्रति उपस्थित सबैले समीक्षात्मक टिप्पणी गरेका थिए | र विगतका केहि शृंखलामा रोकिएको यो प्रक्रिया सबैले रुचाएका पनि थिए |
यसै गरि सोहि गोष्ठीमा छैठौँ गोष्ठि सम्मलाई आधार मानेर प्रति कवि दुइ कविताको दरले जम्मा गरेर संग्रह प्रकाशन गर्ने पनि निर्णय गरियो | कविता संकलनको जिम्मा बासु श्रेष्ठले लिने, सम्पादनको जिम्मा लगायत मुद्रण संयोजकको जिम्मा हरि घिमिरेले लिने तथा प्रकाशनकोलागि लाग्ने खर्च दामासाहीले व्यहोर्ने विषयमापनि सर्व सम्मतव्दारा पारित गरियो |
कविता गोष्ठीको समाप्ति पछि मीठो खानाको व्यबस्था पनि गरिएको थियो |
आठौँ कविता गोष्ठि सन् २०१२ फेब्रुअरी महिनामा गर्नको लागि सदस्य प्रकाश नेपालले तदारुकता देखाउनु भए अनुसार निर्णय गरियो |

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |