हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

क्यालगरी क्यानाडामा नेपाली साहित्यि गोष्ठी सम्पन्न ,(राजेन्द्र प्रसाई)


गत अक्टोबर २३,२०११ का दिन क्यानाडाको अल्बर्टा स्थित क्यालगरीमा प्रथम पटक नेपाली साहित्य गोष्ठीको भब्य आयोजना गरियो ।  महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२औं जन्म जयन्तीको  सन्दर्भ पारी मनाइएको सो गोष्ठी नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरी (NCSC)  अन्तर्गतको साहित्यिक उपसमितिको अग्रसरता र उपसमिति संयोजक एवम साहित्यकार राजेन्द्र प्रसाइको संयोजकत्वमा भएको थियो ।  क्यालगरी क्षेत्रका साहित्यकार  तथा सहित्य प्रेमीहरूको  व्यापक उपस्थितिमा कविता तथा निवन्ध प्रतियोगिता, लक्ष्मीप्रसाद देवकोटाका लोकप्रिय रचना वाचन तथा विभिन्न कवि कवयित्रीहरूद्वारा अप्रतियोगी कविता वाचन समेत गरिएको थियो |
 
महाकविको तस्वीरमा माल्यार्पण पछि नेपाली कम्यूनिटी सोसाइटी अफ् क्यालगरीका उपाध्यक्ष  भरत रेग्मीको स्वागतबाट सुरु भएको कार्यक्रममा   साहित्यकार राजेन्द्र प्रसाइे, ऋषि बस्ताकोटी, अरुणकुमार श्रेष्ठ, रबिन शर्मा(ढुङेल), भरत रेग्मी, नवीन सुब्बा, देश सुब्बा, बिभू ओझा लगायतले  अप्रतियोगी रुपमा विविध कबिताहरू वाचन गर्नुभएको थियो। उक्त कार्यक्रममा क्यालगरी बाहिरका श्रस्टाहरू क्रमश डा. गोविन्द सिंह रावत (टोरन्टो), कुसुम ज्ञवाली (टोरन्टो), एन पी खार्पाली (एडमन्टन), मानकाजी श्रेष्ठ (भ्यांकुभर) र वासु शर्मा(लन्डन) बाट प्राप्त कविताहरू समेत वाचन गरिएको थियो ।
 
प्रतियोगी कविता तथा निबन्धहरु  स्वयं रचनाकारहरुबाट वाचन गरिएका थिए । कार्यक्रममा  एन आर एन क्यानाडाका अध्यक्ष  डा बिनोद के सी, क्यालगरी नेपाली कम्युनिटी सोसाइटीका उपाध्यक्ष झलेन्द्र श्रेष्ठ, मेघनाथ शर्मा  लगायतक वक्ताहरुले नेपाली साहित्यमा महाकवि देवकोटाको जीवनी तथा साहित्यिक योगदान  र डायस्पोरामा नेपाली भाषा साहित्यको महत्वका बिषयमा चर्चा गर्नुभएको थियो ।   यो गोष्ठीमा  साहित्य उप समितिका सदस्यहरू डा गणेश भन्डारी, कृष्ण भट्ट, कोपिला इंगनाम, बिन्दा ठकुरी, सुरेश थापा लगायतको उल्लेखनीय योगदान रहेको थियो ।  
 
एन आर. एन-क्यानाडाका भाषा साहित्य उपसमितिका सह-संयोजक कवि ऋषि बस्ताकोटीको संयोजकत्वमा गठित पाँच सदस्यीय निर्णायक मण्डलको निर्णय अनुसार कवितामा सुष्मा खनाल प्रथम, भुवन पराजुली द्वितीय र युक्त खान ठकुरी तृतीय हुनुभयो भने निवन्धमा क्रमश सिमा कार्की, कोपिला इंगनाम र बिन्दा ठकुरीले प्रथम ,द्वितीय र तृतीय स्थान प्राप्त गर्नु भएको थियो ।  पुरस्कृत प्रतिभाहरूलाई कार्यक्रमका  प्रमुख अतिथी एन आर एन क्यानाडाका अध्यक्ष डा बिनोद के सीले   पुरस्कार बितरण गर्नु भएको थियो । कार्यक्रममा  यसै बर्ष निधन भएका साहित्यकारहरू डायमन् शमशेर राणा, गोबिन्द भट्ट, कवि केबलपुरे किसानप्रति श्रध्दान्जली अर्पण गरिएको थियो । कार्यक्रमको अन्त्यमा एन सी यस सी का अध्यक्ष जगदीश चापागाईंले कार्यक्रममा सहभागी तथा कार्यक्रम आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि साहित्यिक कार्यक्रमहरूले  निरन्तर पाउनुपर्ने कुरामा जोड दिनुभएको थियो । सो कार्यक्रमको छायांकन तथा समाचार संयोजन साहित्यकार कृष्ण  भट्ट र ध्रूब त्रिपाठीले गर्नु भएको थियो ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |