हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

टङ्क भट्टराईको ‘साँझमा पहिलो तारा’,(युवराज नयाँघरे )

कवि टङ्क भट्टराईको ‘साँझमा पहिलो तारा’ कविता सङ्ग्रह बजारमा आएको छ । रावासावा प्राज्ञिक समाजका लागि विश्वचन्द्र राईले प्रकाशन गरेको उक्त कृतिको शनिवार राजधानीमा साहित्यकार तुलसी दिवसले सार्वजनिक गर्नुभयो । राष्ट्रिय कविता महोत्सव–२०५९ मा पुरस्कृत समेत भएका भट्टराईको यो पहिलो कविता कृति हो । पाँचवटा खण्ड रहेको यस कृतिमा ५० वटा कविता रहेका छन् । कृतिमाथि समीक्षा गर्दैै समालोचक रमेश भट्टराईले यो सङ्ग्रहका कविता अत्यन्त मिठा, सरल, हृदय संवेद्य र सशक्त रहेको कुरा उल्लेख गर्नुभयो । प्रमुख अतिथि साहित्यकार तुलसी दिवसले कवि भट्टराईको यो प्रथम कृति नै नेपाली कविता फाँटमा एकदम शक्तिशाली भएर आएको कुरा बताउनु भयो । कवि÷गीतकार श्रवण मुकारुङले पाठकको मन छुन सक्ने, पढिरहूँ लाग्ने यी कविता साँच्चै सुन्दर र सशक्त रहेको कुरा व्यक्त गर्नुभयो । त्यसैगरी साहित्यकार युवराज नयाँघरेले यस सङ्ग्रहका कवितामा पाठकलाई सजिलै तान्न सक्ने सामथ्र्य रहेको र कविले यस्ता सशक्त कृति जन्माउन आफ्नो लेखनयात्रालाई निरन्तरता दिनुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य शान्तिराम राईले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व रावासावा प्राज्ञिक समाजका अध्यक्ष डा. विष्णु राईले गर्नुभएको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |