हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नुवाकोटे कवि तामाङको \'सम्बोधन\' उत्कृष्ठ,(khasskhass.com)

ए एन ए को बार्षिक सम्मेलनको अबसर पारेर उत्तर अमेरिका नेपाली साहित्य प्रतिष्ठानको आयोजना गर्न गत साल देखि शुरु गरिएको अन्तराष्ट्रिय कविता प्रतियोगिता शुक्रवार ए एन ए २९ औं सम्मेलन स्थलमा सम्पन्न भयो ।

त्यस अबसरमा हेम सरिता भानुभक्त काब्य पुरस्कार नुवाकोटका कवि रामबहादुर तामाङको कविता \'सम्बोधन’ लाई प्रदान गरिने जानकारी गराईएको थियो । पुरस्कारमा प्रमाणपत्र सहित १ हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी दोस्रो स्थानको ३ सय डलरको शर्मा मुडभरी मोतिराम काब्य पुरस्कार क्यानाडामा वसोबास गर्दै आउनु भएकी भावना पोखरेको कविता 'चराहरु’ लाई दिइने भएको छ ।

पोखराका शरण "आँशु"लाई २ सय डलरको बशुन्धरा गणेश रोक्का देवकोटा काब्य पुरस्कार प्रदान गरिने पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिकाको आयोजनामा सम्मेलन ए एन ए २९ औं स्थलमा भएको अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव २०११ को अवसरमा यो पुरस्कारको घोषणा गरिएको हो ।

प्रतियोगिताको लागि २ सयभन्दा बढि कविता प्राप्त भएको प्रतिष्ठानले जनाएको छ । गोविन्द सिंह रावतको संयोजकत्वमा रहेको छनौट समितिले कविता चयन गरेको हो ।

कार्यक्रममा प्रतिष्ठानको निम्तोमा नेपालबाट आउनु हुने चन्द्रकला नेवा, पद्मावती सिंह, विश्वविमोहन श्रेष्ठ, ललिता दोषी तथा स्थानीय साहित्यकार गोविन्द गिरि प्रेरणा, हेमन्त श्रेष्ठ, होमनाथ सुवेदी लगायतले कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रथम पुरस्कारका प्रायोजक हेम पाठकले देशबाट टाढा रहेपनि नेपाललाई सहयोग गर्ने हात अघि बढाउने प्रयास आफूले थालेको बताउनु भएको थियो । नेपाली दुतावासका प्रथम सचिव आनन्द शर्माको प्रमुख आतिथ्य तथा बसन्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम हेमन्त श्रेष्ठले सञ्चालन गर्नु भएको थियो । उक्त पुरस्कारहरु अर्को एक छुट्टै कार्यक्रम बीच प्रदान गरिने छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |