हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अन्तर्दृष्टिको नयां अंक बजारमा,(का. स.)

अन्तर्राष्टिय नेपाली साहित्य समाजको साहित्यिक प्रकाशन अन्तर्दृष्टिको बर्ष १९ अंक १, पूर्णांक ३५    बजारमा आएको छ । प्रवासमा रहेका नेपाली लेखक लेखिकाहरुको अधिकतम रचनाहरु समेटी निकालिएको यस अंकको विमोचन आज जून ३, २०११ तदनुसार जेष्ठ २०, २०६८ का दिन अनेसास नेपाल च्याप्टरको आयोजनामा गरियो । कार्यक्रमका प्रमुख अतिथि सूचना तथा संचार मन्त्रालयका सचिव श्रीधर गौतमले प्रकाशित पत्रिका अन्तर्दृष्टिको विमोचन गर्नुभएको थियो । समारोहमा प्रा.डा. सुष्मा आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रकाशित अन्तर्दृष्टका बारेमा गुन्जनकी अध्यक्ष गीताकेशरी र साहित्यकार युवराज नयाँघरेले बोल्नुभएको थियो ।
कार्यक्रमका सभापतित्व समेत गर्नुभएका अनेसास नेपाल च्याप्टरका अध्यक्ष एवं अन्तर्दृष्टका प्रधान सम्पादक राधेश्याम लेकालीले अनेसासको संक्षिप्त चर्चा गर्दै नेपाली भाषा साहित्यलाई विश्वभर फैलाउने सहायकको रुपमा प्रकाशित यस अन्तर्दृष्टिको वितरणमा अनेसासले भोग्नु परेको कठिनाइलाई विचार गरी सरकारी तवरबाट यसको ढुवानीमा केही सहुलियतका लागि विचार गरिदिनु हुन समेत प्रमुख अतिथिसमक्ष आग्रह गर्नुभयो ।
वरिष्ठ साहित्यकारहरु, पत्राकारहरु र विभिन्न नेपाली साहित्यिक संघसंस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको उक्त विमोचन कार्यक्रमको सञ्चालन बाबा बस्नेतले गर्नुभएको थियो ।

Comments

niseem

hey subodh really gud love story...tara ali purano jamana ko vayo ,,ahile ko jamana ma 
 timro story ko jasto kta ra kt vetidaina.......so ahile ko generation ko love story lekha ...you will rock it dude....

Prabin

Subodh,tyo dating@krishna mandir post garana,I wana read

prabin

subodh,aru pani rakhana i waana read more....u r a gud man yaar.keep it up,ani pachi pani rakhdai gara hai.....

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |