सृजनाका लहरको अर्को तरंग,(सहदेव पौडेल)
न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने नेपाली भाषा र साहित्य प्रेमीहरुको नियमित जमघट जुन ५ का दिन न्यु योर्कको ज्याक्सन हाइट्समा सम्पन्न भएको छ | तिन खण्डमा विभाजित 'सृजनाका यात्राहरु'को पहिलो खण्डमा कवि एवं कानुनविद बिनोद रोकाले एकल कविता वाचन गर्नु भएको थियो | कवि रोकाले आफ्नो चोटिलो र व्यंग्यात्मक छोटो रचनाको साथमा, माया-पिरती,सामाजिक एवं राजनीतिक भावका गीत र कविताहरु सुनाउनु भएको थियो भने गायिका पबिता बागचन्दले बिनोद रोकाकै गीत गाउनु भएको थियो |
कार्यक्रमको दोस्रो खण्डमा अन्य १० सर्जकहरु क्रमश: गीता खत्री,ज्योति पौडेल, कमला प्रसाईं, सीता खरेल, पुनम काफ्ले, परिता राजभण्डारी, मणी वांग्देल, तिर्थराज बराल, गोबिन्द कोईराला, कृष्ण सिं धामीले आफ्नो सृजनाहरु सुनाउनु भएको थियो | कार्यक्रमको अन्तिम खण्डमा डा.तारा निरौला र कृष्ण सिं धामीले कविताहरुको समालोचना गर्नु भएको थियो|
कार्यक्रमको संयोजन र संचालन मणि वांग्देल र सहदेब पौडेलले गर्नु भएको थियो | न्यु योर्क ज्याक्सन हाइटसमा रहेको चौतारी रेस्टुरेन्टले नेपाली भाषा र साहित्य सम्बन्धि कार्यक्रम गर्न आफ्नो प्रेक्षालय नि:शुल्क उपलब्ध गराएको थियो |
सन् २००८ को डिसेम्बर महिनादेखि नियमित रुपमा आयोजना हुदै आएको सृजनाका यात्राहरुको अर्को शृंखला जुलाई १० आइतबारको दिन कवि गोबिन्द कोईरालाको एकल कविता वाचनको साथमा हुने छ |
Comments
Jimba
Sayad yesto pani hudo ho..